आइमा इलेक्ट्रिक स्कुटरमा २५ हजार सम्म छुट, यस्तो हुनेछ अबको मूल्य
काठमाडौं – नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको...
अमेरिकी अटोमोबाइल निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले आफ्नो क्रुज व्यवसाय अन्तर्गत रोबोट्याक्सी विकास कार्य बन्द गर्ने घोषणा गरेको छ । क्रुज घाटामा चलिरहेको जीएमको बहुमत स्वामित्व रहेको इकाई हो।
कुनै समय कम्पनीले यसलाई उच्च प्राथमिकतामा राखेको थियो। तर यो निर्णयले कम्पनीको स्वचालित टेक्नोलोजी सम्बन्धी महत्वाकांक्षामा धक्का पुग्ने अनुमान गरिएको छ ।
जीएमले रोबोट्याक्सी व्यवसायलाई ठूलो स्तरमा विस्तार गर्न आवश्यक समय र स्रोतहरूको कारण तथा बढ्दो प्रतिस्पर्धात्मक बजारलाई ध्यानमा राख्दै यस परियोजनालाई अब थप कोष उपलब्ध नगराइने जनाएको छ। यस घोषणापछि जीएमको शेयर मूल्य मङ्गलबार विस्तारित कारोबारमा ३.२ प्रतिशतले वृद्धि भयो।
२०२३ मा जीएमका सीईओ मेरी बाराले क्रुज व्यवसायले २०३० सम्म वार्षिक ५० अर्ब डलर राजस्व उत्पन्न गर्न सक्ने बताएकी थिइन्। तर, हाल भने उनले यसलाई अब प्राथमिकतामा नराखिने बताउँदै रोबोट्याक्सी फ्लिट चलाउने लागत धेरै उच्च भएको र यो कम्पनीको व्यवसाय नभएको बताएकी छिन् ।
जीएमको पुनःसंरचना योजनाले कम्पनीको वार्षिक खर्चलाई २ अर्ब डलरबाट १ अर्ब डलरमा झार्ने अपेक्षा गरिएको छ। यो योजना २०२४ को जुनसम्म पूरा गरिनेछ।
काठमाडौं – नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको...
भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...
सन् २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डमा विभिन्न इलेक्ट्रिक सवारी साधन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...