परीक्षणको क्रममा देखियो लिपमोटर टी०३

काठमाडौँ – इलेक्ट्रिक गाडी (ईभी) उद्योगमा नयाँ पहिचान बोकेको लिपमोटरले आफ्नो कम्प्याक्ट इलेक्ट्रिक गाडी लिपमोटर टी०३ लाई काठमाडौँमा परीक्षणको लागि ल्याएको छ । नेपालमा वातावरणमैत्री सवारी समाधानको लागि यो महत्वपूर्ण कदम हो।

प्युजो, सिट्रोन, जिप, डज र मासेराटी लगायत १४ प्रतिष्ठित ब्रान्डहरूको पोर्टफोलियो सहितको विश्वव्यापी अटोमोटिभ पावरहाउस स्टेलान्टिसको लगानीमा लिपपमोटर टी०३ नेपाली बजारमा ल्याइएको हो । यो सहकार्यले लिपमोटरको लक्ष्यलाई बलियो बनाएको छ भने टी०३ लाई अत्याधुनिक प्रविधि एवम् थप विश्वसनीयता समेत प्रदान गर्दछ ।

हाल परीक्षणको प्रक्रियामा रहेको लिपमोटर टी०३ विशेषतः शहरी र वातावरणमैत्री उपभोक्ताहरूको लागि डिजÞाइन गरिएको छ, जसले नेपालमा दिगो र पहुँचयोग्य सवारीको लागि बाटो खोल्ने आशा गरिएको छ । यो पहलले नेपाली ग्राहकहरूको आवश्यकता र क्षमता अनुसारको आधुनिक टी०३ को रहर पूरा हुने उद्देश्य लिइएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा सांग्रिला मोटर्सले लिपमोटरको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । ७० किलोवाट मोटरमा उपलब्ध हुने सो ईभीको मूल्य ३४ लाख रुपैयाँ हुनेछ ।

आगामी जनवरी महिनामा नेपाल भित्र्याउने तयारीका साथ कार्य भइरहेको कम्पनी स्रोतको भनाइ छ ।

३७.३ किलोवाट आवरको ब्याट्री प्रयोग भएको सो ईभीले सिंगल चार्जमा २६५ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने बताइएको छ । यसले १५८ एनएम सम्मको उच्चतम टर्क जेनेरेट गर्नेछ ।

यसको अन्य जानकारी भने कम्पनीले सार्वजनिक गरेको छैन । आगामी दिनमा यसको वारेमा थप जानकारी उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

२३ लाखमै पाइने भयो थप सुरक्षित हेनरी मिनीकार

२३ लाखमै पाइने भयो थप सुरक्षित हेनरी मिनीकार

काठमाडौं – भृकुटीमण्डपमा आज प्रारम्भ भएको ईभी एक्सपोमा हेनरीको मिनीकार...

१५० किलोमिटर रेन्ज दिने याडियाको नयाँ स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

१५० किलोमिटर रेन्ज दिने याडियाको नयाँ स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

मर्सिडिज बेन्ज नेटवर्कबाट डिजाइन गरिएको र जिलीद्वारा विकास गरिएको नयाँ ईभी नेपाली बजारमा

मर्सिडिज बेन्ज नेटवर्कबाट डिजाइन गरिएको र जिलीद्वारा विकास गरिएको नयाँ ईभी नेपाली बजारमा

सीजी मोटर्सले नयाँ स्मार्ट ३३ नेपाली बजारमा उपलब्ध गराएको छ । विश्वमै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...