महिन्द्रा एक्सयूभी ४०० को डेलिभरी शुरु, कहिले आउला नेपाल
भारतमा महिन्द्राको पहिलो स्पोर्ट्स युटिलिटी भेइकल ‘एक्सयूभी ४००’ को...
काठमाडौं — जिरो इमिसन राइड एनले नेपालमा इकुटर ई३ विद्युतीय स्कुटरको भव्य अनावरण गरेको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा स्कुटरलाई सार्वजनिक गरिएको हो।
कार्यक्रममा जिरो इमिसन राइड एनका सेल्स एण्ड मार्केटिङ प्रमुख शंकर शर्माले इकुटर ई३ केवल स्कुटर नभई दिगो भविष्यको प्रतीक समेत भएको बताउँदै यसको उत्कृष्ट प्रविधि, सुरक्षा र वातावरणमैत्री विशेषताले नेपाली सडकमा नयाँ युगको सुरुवात गर्ने बताए ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा जिरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले व्यवसायको सुदृढ व्यवस्थापन र ग्राहक सन्तुष्टिको लागि आफूहरू विशेष रुपमा प्रतिबद्ध रहेको बताए । उनले भने, ‘सवारी साधन बिक्री मात्र होइन, बिक्री पछिको सेवामा पनि हाम्रो ध्यान केन्द्रित छ। हाम्रो उद्देश्य भनेको सशक्त सर्भिस नेटवर्क निर्माण गरेर ग्राहकहरूलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउनु हो ।’
इकुटर ई३ मा ७२ भोल्ट ३८ एएचको ग्राफिन जेल ब्याट्री रहेको छ, जसले एकपटकको चार्जमा १००–१२० किलोमिटर दूरी कभर गर्न सक्छ। यो स्कुटरले ३००० वाट पिक पावर उत्पादन गर्न सक्छ र १२ डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्षम छ।
स्मार्ट सुविधाहरूमा रेजेनेरेटिभ ब्रेकिङ सिस्टम, क्रूज कन्ट्रोल, एलसीडी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प र किलेस इन्ट्री जस्ता प्रविधिहरू समावेश छन्। साथै, अगाडि र पछाडिका डिस्क ब्रेक, एन्टी थेफ्ट अलार्म, र ह्विल लकले सुरक्षा अझ सुदृढ बनाएको छ।
यो स्कुटरको प्रारम्भिक मूल्य २ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

कार्यक्रममा जिरो इमिसन राइड एनले नेपालभर आफ्नो डिलर र सेवा नेटवर्कलाई थप विस्तार गर्दै बिक्रीपछिको सेवामा बलियो उपस्थितिका लागि प्रतिबद्ध रहेको घोषणा ग¥यो।
भारतमा महिन्द्राको पहिलो स्पोर्ट्स युटिलिटी भेइकल ‘एक्सयूभी ४००’ को...
कार निर्माता कम्पनीहरुले कारमा विभिन्न फिचरहरु जडान गर्न थालेका छन् ।...
टाटा ग्रुपले आफ्नो पहिलो ईभी ब्याट्री प्लान्ट वेलायतमा खोल्ने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...