ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि अब यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने

काठमाडौं - अब प्रदेश मातहतका यातायात व्यवस्था तथा सेवा कार्यालयहरूबाटै सवारी चालक अनुमतिपत्र आवेदन सम्बन्धी त्रुटिहरू सच्याउन सकिने भएको छ । गत मंसिर १० गतेको विभाग स्तरीय निर्णयमार्फत सो व्यवस्था गरिएको जानकारी यातायात व्यवस्था विभागले दिएको हो ।

हाल कार्यान्वयनमा रहेको सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी कार्यविधिले तोकेका सवारी चालक अनुमतिपत्र दरखास्त, दरखास्त फाराम छानबिन र स्वीकृति, लिखित परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण, सोको नतिजा प्रकाशन, प्रयोगात्मक परीक्षा र अन्तिम नतिजा प्रकाशन लगायतका कार्यहरू यातायात व्यवस्था कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयहरूबाट हुँदै आएका छन् र ती कार्यालयहरु प्रदेश सरकार मातहत रहेका छन् ।

नेपालको संविधान २०७२ र कार्य विस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमतिपत्र व्यवस्थापन सम्बन्धी अधिकार प्रदेश तहलाई दिएको छ । अब भने सवारी चालक अनुमतिपत्र व्यवस्था सम्बन्धी कार्यकै रूपमा सवारी चालक अनुमतिपत्र आवेदकहरूको बायोमेट्रिक बाहेकका विवरण सच्याउने कार्य पनि प्रदेश अन्तर्गतका कार्यालयहरूलाई दिइएको हो ।

यसरी कार्यालयहरुबाट कार्य सम्पादन हुँदा मात्र आम नागरिक र सेवाग्राहीलाई सहज हुने र सेवा प्रवाहको दृष्टिले समेत प्रभावकारी हुने देखिएकोले सो व्यवस्था गरिएको विभागले सूचनामा उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरू

अब युरो ६ वाहेकका चारपांग्रे गाडी आयात गर्न नपाइने, आयो राष्ट्र बैंकको निर्देशन

अब युरो ६ वाहेकका चारपांग्रे गाडी आयात गर्न नपाइने, आयो राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – नेपालमा युरो ६ बाहेकका चार पांग्रे गाडी आयात गर्न बैंकहरूले...

ट्रायल पास गर्नेले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने

ट्रायल पास गर्नेले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने

काठमाडौं – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि ट्रायल पास...

तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाए पहिलेको सबै कर तथा जरिवाना छुट हुने

तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाए पहिलेको सबै कर तथा जरिवाना छुट हुने

काठमाडौं – बागमती प्रदेश सरकारले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...