सोरुम र सर्भिस सेन्टरका साथै चार्जिङ स्टेशन भ्रमणमा सीजी केवाईसीका प्रतिनिधि
काठमाडौं – नेपालमा सर्वाधिक बिक्री हुने कमर्सियल भ्यान दावी गरिएको...
डिसेम्बर महिनामा सम्पन्न युरो एनक्याप क्र्यास टेस्टमा थप चार नयाँ चाइनिज ब्रान्डका कारले फाइभ स्टार रेटिङ पाएका छन् ।
चांगान दिपल एस०७, स्टेलान्टिसको लिपमोटर सी१०, एसएआईसीको म्याक्सस ई–टेरेन ९ र भल्वो ईएक्स३० ले सो रेटिङ पाएका हुन् ।
यी मध्ये म्याक्सस ई–टेरेन ९ ले समग्रमा सबैभन्दा बढी रेटिङ पाएको छ । यो हाई–इन्ड इलेक्ट्रिक पिकअप ट्रक हो ।
त्यसैगरी चांगानको दिपल एस०७ ले एडल्ट अकुपेन्ट क्याटागोरीमा सबैभन्दा बढी अर्थात ९५ प्रतिशत स्कोर पाएको छ । युरो एनक्याप २०२४ मा मूल्यांकन गरिएका कार मध्ये यो सबैभन्दा बढी स्कोर हो । दिपल एस०७ ले चाइल्ड अकुपेन्टमा ८७, सेफ्टी असिस्टमा ७७ र भल्नरेवल रोड युजरमा ७४ प्रतिशत रेटिङ पाएको छ ।
जिकर एक्स र स्मार्ट वानको प्लेटफर्म सेयर गरिएको कम्प्याक्ट एसयूभी भल्वो ईएक्स३० ले एडल्ट सेफ्टीमा ८८ र चाइल्ड अकुपेन्टमा ८५ प्रतिशत स्कोर पाएको छ ।
लिपमोटर सी१० क्रसओभरले एडल्ट अकुपेन्टमा ८९ र चाइल्ड अकुपेन्टमा ८५ प्रतिशत स्कोर पाएको छ । यसले भल्नरेवल रोड युजर र एक्टिभ सेफ्टी क्याटागोरीमा क्रमशः ७७ र ७६ प्रतिशत स्कोर पाएको छ ।
यी मध्ये दुई मोडल दिपल एस०७ र लिपमोटर सी१० नेपाली बजारमा पनि उपलब्ध छन् । दिपल एस०७ लाई एमएडब्लु वृद्धि र लिपमोटर सी१० लाई सांग्रिला मोटर्सले बिक्री–वितरण गरिरहेका छन् । नेपाली बजारमा यी ईभीको राम्रो चर्चा समेत छ ।
काठमाडौं – नेपालमा सर्वाधिक बिक्री हुने कमर्सियल भ्यान दावी गरिएको...
न्यू ईनर्जी भेइकल उत्पादक लिप मोटर चिनियाँ स्टार्टअप कार ब्रान्डमा अगाडि...
नेपाली बजारमा एमएडब्लु वृद्धि अटोकर्पले भित्र्याएको नयाँ ब्रान्डको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...