बिक्रीमा उछिन्यो टाटा नेक्सनले ब्रेजालाई

भारतीय बजारमा सब ४ मिटर कम्प्याक्ट एसयूभी सेगमेन्टमा  मारुती सुजुकी ब्रेजाको अग्रता थियो । तर टाटा नेक्सनको बलियो पुनरागमन पछि ब्रेजालाई बिक्री चार्टमा पछि धकेल्न सफल भएको छ ।

गत नोभेम्बरमा टाटा नेक्सन भारतमा चौथो सबैभन्दा बढी बिक्री हुने कार थियो र यसलाई १५ हजार ३२९ ग्राहकले खरिद गरेका थिए । नेक्सनको बिक्री वार्षिक ३ प्रतिशतले बढेको छ । साथै अक्टोबरमा टाटा नेक्सन टप १० मा ९ औं स्थानमा थियो र यसको १४ हजार ७५९ युनिट बिक्री भएको थियो ।

मारुतीको लोकप्रिय सब-४ मिटर कम्प्याक्ट एसयूभी नोभेम्बरमा १४ हजार ९१८ ग्राहकले खरिद गरेका थिए र यो संख्या वार्षिक ११ प्रतिशतले बढेको हो। यो वर्षको अक्टोबरमा ब्रेजा चौथो स्थानमा थियो, तर नेक्सनले नोभेम्बरमा ब्रेजालाई छैटौं स्थानमा धकेल्यो। अक्टोबरमा ब्रेजा १६ हजार ५६५ ग्राहकले खरिद गरेका थिए र नोभेम्बरमा १६ सयभन्दा बढी युनिटले घटेकाले ब्रेजाको मासिक बिक्री घटेको छ ।

ब्रेजाको एक्स-शोरूम मूल्य ८ लाख ३४ हजार भारुबाट सुरु हुन्छ र १४ लाख १४ हजार भारुसम्म जान्छ। ब्रेजालाई पेट्रोलका साथै सीएनजी विकल्पमा पनि प्रस्तुत गरिएको छ र यो एसयूभी फिचरका साथै माइलेज पनि उत्कृष्ट छ । तर टाटा नेक्सन पेट्रोल र डिजेलका साथै सीएनजी र इलेक्ट्रिक भेरिएन्टमा प्रस्तुत गरिएको छ । आईसी इन्जिन भएको नेक्सनको एक्स-शोरूम मूल्य ८ लाख भारुबाट सुरु भएर १५ लाख ८० हजार भारुसम्म जान्छ । साथै नेक्सन ईभीको एक्स-शोरूम मूल्य १२ लाख ४९ हजार देखि १७ लाख १९ हजार भारुसम्म छ ।

नेपाली बजारमा कुनै समयमा निकै नै बिक्री हुने कारमा टाटा नेक्सन र नेक्सन ईभी थिए । अब भने नेक्सन ईभी फेसलिफ्टको प्रतीक्षा भइरहेको छ । अंग्रेजी नयाँ वर्षको शुभारम्भ पश्चात नेपाली बजारमा पनि सो ईभी उपलब्ध हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

जुलाई १ देखि महंगो बन्दै टाटा कार, नेपाली बजारमा समेत प्रभाव पर्ने

जुलाई १ देखि महंगो बन्दै टाटा कार, नेपाली बजारमा समेत प्रभाव पर्ने

टाटा मोटर्सले आगामी जुलाई १ देखि लागू हुने गरी आफ्नो सवारी साधनको लाइनअपमा...

टाटा नेक्सनले पायो फाइभ स्टार सेफ्टी रेटिङ, सेफ्टीका लागि सबैभन्दा उत्कृष्ट कार सावित

टाटा नेक्सनले पायो फाइभ स्टार सेफ्टी रेटिङ, सेफ्टीका लागि सबैभन्दा उत्कृष्ट कार सावित

सुरक्षाका हिसाबले कारको सेफ्टी परिक्षण हुनु आवश्यक छ । कारको सुरक्षा जाँच...

मारुती फ्रोन्स्क र टाटा पन्च ? के छ भिन्नता ?

मारुती फ्रोन्स्क र टाटा पन्च ? के छ भिन्नता ?

मारुती सुजुकीले सब कम्प्याक्ट एसयूभी फ्रोन्स्क लन्च गरिसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...