हुवावे र जिएसी मिलेर ल्याए प्रिमियम बिद्युतिय कार, रोल्स रोयसलाई टक्कर दिने

चिनियाँ प्रविधि कम्पनी हुवावेले जीएससीसंग सहकार्य गरी नयाँ प्रिमियम कार सार्वजनिक गरेको छ । कम्पनीले बहु प्रतीक्षित बिद्युतिय कार मइस्ट्रो एस ८०० ईभी सार्वजनिक गरेको हो ।

चिनका दुई ठूला ब्रान्ड मिलेर बनाएको सो नयाँ कारले लक्जरी ब्रान्ड रोल्स रोयस र मर्सिडिज मेब्याकसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार एस ८०० हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी अलायन्स अन्तर्गतको सबैभन्दा महँगो मोडेल हो । यसको मूल्य १० लाखदेखि १५ लाख युआन (करिब एक करोड ८६ लाखदेखि दुई करोड ७९ लाख रुपैयाँ) हुने बताइएको छ । यो गाडी अहिले अग्रिम–बिक्रीका लागि खुला भइसकेको छ ।

सो नयाँ कार ५,४८० एमएम लामो, २,००० एमएम चौडा, १५३६ एमएम अग्लो छ भने ह्विलबेस ३,३७० एमएम छ । यो मोडेल लेभल थ्री इन्टेलिजेन्ट ड्राइभिङ आर्किटेक्चर अन्तर्गत डिजाइन गरिएको हो । ह्वावेको दोस्रो पुस्ताको ट्युलिङ इन्टेलिजेन्ट च्यासिसमा निर्माण भएको यो नै पहिलो मोडेल हो ।

कम्पनीले यस मोडेलका विस्तृत विवरणहरू अझै सार्वजनिक गरिसकेको छैन । बजारमा औपचारिक रूपमा कहिले सार्वजनिक हुन्छ भन्ने मिति पनि खुलाइको छैन ।

सम्बन्धित समाचारहरू

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

चांगान अटोमोबाइलले सेयरिङ द फयुचर थिममा जर्मनीमा २०२५ चांगान युरोप...

यसो भए ईभी तपाईका लागि उपयुक्त नहुन सक्छ

यसो भए ईभी तपाईका लागि उपयुक्त नहुन सक्छ

आजको समयमा इलेक्ट्रिक कारप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। कम सञ्चालन...

अर्को इलेक्ट्रिक बाइक : ओडिसी ब्रान्डको इभोकस

अर्को इलेक्ट्रिक बाइक : ओडिसी ब्रान्डको इभोकस

ओडिसी ब्रान्डको नयाँ इलेक्ट्रिक बाइक इभोकस नेपाली बजारमा भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...