लन्च भएको १ महिना नवित्दै नयाँ डिजायरलाई ३० हजार युनिट बुकिङ

मारुती सुजुकीले हालै लन्च गरेको नयाँ डिजायर भारतमा लोकप्रिय बन्दै गएको छ । लन्च भएको १ महिना नवित्दै नयाँ डिजायरले ३० हजार युनिट बुकिङ पाएको कम्पनीले दावी गरेको छ ।

मारुती सुजुकीका अनुसार डिलरशिपहरूले प्रतिदिन १ हजार भन्दा बढी बुकिङहरू पाइरहेका छन् । जुन, तेस्रो–जेनरेशन डिजायरको भन्दा दोब्बरले बढि हो । कुल बुकिङको आधा हिस्सा टप स्पेकका दुई मोडलले लिएको पनि कम्पनिले खुलासा गरेको छ ।

नयाँ डिजायरको बुकिङ नोभेम्बर ४ मा खुलेको थियो भने कार आधिकारिक रूपमा नोभेम्बर ११ मा लन्च गरिएको थियो । सुजुकीको सो नयाँ कम्प्याक्ट सेडान एलएक्सआई, भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी कुल चार भेरियन्टमा उपलब्ध छ । जसको सुरुवाती मूल्य ६ लाख ७९ हजार भारु निर्धारण गरिएको छ ।

नयाँ डिजायरमा सुजुकीले आफ्नो नयाँ इन्जिन जेड१२ ई १.२ जडान गरेको छ । तीनवटा सिलिन्डर भएको उक्त इन्जिनले ८१ बीएचपी र ११२ एनएम टकए जनेरेट गर्दछ । यसलाई ५ स्पीड म्यानुअल वा ५ स्पीड एएमटीसँग जोडिएको छ । सो नयाँ कार फ्याक्ट्री फिटेड सीएनजी विकल्पमा समेत उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

कस्तो छ सुजुकीको नयाँ एसयूभी भिक्टोरिस ? प्रतिस्पर्धी कुन ? फिचर के ?

कस्तो छ सुजुकीको नयाँ एसयूभी भिक्टोरिस ? प्रतिस्पर्धी कुन ? फिचर के ?

मारुती सुजुकीले नयाँ एसयूभी भिक्टोरिस लन्च गरेको छ । भारत एनक्यापबाट ५...

सुजुकीको नयाँ वर्ष अफर : बाइक वा स्कुटर किन्दा १ लाख सम्म जित्न सकिने

सुजुकीको नयाँ वर्ष अफर : बाइक वा स्कुटर किन्दा १ लाख सम्म जित्न सकिने

काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक...

नेपाल भित्रिदै सुजुकी एभेनिस : टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोको प्रतिस्पर्धी बन्ने

नेपाल भित्रिदै सुजुकी एभेनिस : टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोको प्रतिस्पर्धी बन्ने

काठमाडौं – नेपाली बजारमा सुजुकीको नयाँ स्कुटर एभेनिस भित्रिने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...