८० लाखदेखि १ करोड ४० लाख रेन्जमा हुन्डाई टुसान र जिप कम्पासबीच कडा टक्कर
बिलासी र महंगो एसयूभी चाहनेहरुका लागि नेपाली बजारमा थुप्रै ब्रान्डका...
हुन्डाई मोटर ग्रुपले तीन वटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटीज) सँग मिलेर ब्याट्री र इलेक्ट्रिफिकेसनको क्षेत्रमा संयुक्त अनुसन्धानका लागि सहकार्य गर्ने घोषणा गरेको छ । आईआईटी दिल्ली, आईआईटी बम्बे र आईआईटी मद्रास गरी तीन इन्स्टिच्युट यसमा संलग्न हुनेछन् ।
आईआईटी दिल्लीमा हुन्डाई मोटर ग्रुपको प्रायोजनमा हुन्डाई सेन्टर अफ एक्सिलेन्स (सीओई) स्थापना गरिने छ । हुन्डाई सेन्टर अफ एक्सिलेन्सले ब्याट्री र इलेक्ट्रिफिकेसनमार्फत गरिने ड्राइभिङ एड्भान्समेन्टका लागि आवश्यक नेतृत्व गर्नेछ, जसले विशेष गरी भारतीय बजारलाई लक्ष्यित गर्नेछ ।
आईआईटी दिल्लीमा भएको एक समारोहमा हुन्डाई मोटर ग्रुप र आईआईटीका प्रतिनिधिहरुले एक सहमति पत्रमा हस्ताक्षर गरे । यस अनुसार उनीहरुले ‘हुन्डाई मोटर ग्रुप – आईआईटी हुन्डाई सीओई’ को स्थापना गर्नेछन् ।
हुन्डाई मोटर ग्रुपले ५ वर्षको अवधिमा करिव ७० लाख अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । यस अनुसार आगामी दिनमा सफ्टवेयर र हाइड्रोजन फ्युल सेलको क्षेत्रमा समेत कार्य गर्ने बताइएको छ ।
सीओईले यो वाहेक कोरिया र भारतका बिचमा प्राविधिक तथा मानवीय शक्तिको आदानप्रदान समेत गर्नेछ ।
बिलासी र महंगो एसयूभी चाहनेहरुका लागि नेपाली बजारमा थुप्रै ब्रान्डका...
भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...
कोरोनाको दोस्रो लहर सकिए लगत्तै भारतीय बजारमा जुलाई महिनामा गाडीको मागमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...