सीजी मोटर्स र टीटी ग्लोबलले हस्तान्तरण गरे पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर

काठमाडौं – नेपालमा केवाईसी, किङलङ, नेटा, दायुन, रिडारा, एक्सपेङ, जीएसी, स्मार्ट र अवतार गाडीको आधिकारिक वितरक सीजी मोटर्स र पोखराका लागि डिलर टीटी ग्लोबलले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ ।

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् ।

कम्पनीको पोखरास्थित कार्यालय परिसरमा चार्जिङ स्टेसन स्थापना गरिने बताइएको छ । चार्जिङ स्टेसन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए । आगामी दिनमा सीजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको उनले बताए ।

सिजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप दुई सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए ।

टीटी ग्लोबलले पोखराका लागि केवाईसी, किङलङ, नेटा, रिडारा र अवतारको बिक्री–वितरण गर्दै आइरहेको छ । टीटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सीजी मोटर्स र टीटी ग्लोबल प्रतिबद्ध रहेको बताए । बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनले बताए ।

नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै गइरहेको अवस्थामा सीजी मोटर्सले इभी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको बताएको छ । सीजी मोटर्सले केही दिन अघि ललितपुरको बागडोलमा नयाँ सर्विस स्टेसन उदघाटन गर्दै नेपालभरि २१ सर्भिस स्टेसनहरू तथा स्पेयर पार्ट्स बिक्रीको सञ्जाल निर्माण गरी सम्पूर्ण ग्राहकहरुलाई निरन्तर सेवा दिन तत्पर भएको बताएको छ । कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दै छ ।

सीजी मोटर्सले अधिकतम चार्जिङ स्टेसन र सेवा केन्द्रहरूका साथ नेपालको अटोमोबाइल उद्योगमा नेतृत्व गर्दै आएको छ। सीजी मोटर्सले नेपालमा विश्वसनीय र आधुनिक सवारी साधन उपलब्ध गराउँदै ग्राहकको सुविधामा विशेष ध्यान दिइरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

लीपमोटरको ग्लोबल मिटमा सांग्रिला मोटर्सले जित्यो उत्कृष्ट वितरकको पुरस्कार

लीपमोटरको ग्लोबल मिटमा सांग्रिला मोटर्सले जित्यो उत्कृष्ट वितरकको पुरस्कार

काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स...

धमाधम डिलर नेटवर्क विस्तारमा सीएफ मोटो र जीहो ब्रान्ड, झम्सिखेलबाट बिक्री प्रारम्भ

धमाधम डिलर नेटवर्क विस्तारमा सीएफ मोटो र जीहो ब्रान्ड, झम्सिखेलबाट बिक्री प्रारम्भ

काठमाडौं – रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो...

राजस्व योगदानमा तेस्रो, आयातमा भने १० नम्बरमा पनि परेन, उछिन्यो इलेक्ट्रिकले

राजस्व योगदानमा तेस्रो, आयातमा भने १० नम्बरमा पनि परेन, उछिन्यो इलेक्ट्रिकले

सरकारका लागि आवश्यक राजस्व उपलब्ध गराउनका अग्रणी मानिने अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...