डिजिटल कार की ल्याउने गुगलको घोषणा, स्मार्टफोनबाट कारलाई लक, अनलक र स्टार्ट गर्न सकिने
गुगलले सञ्चालन गरिरहेको आई/ओ डेभलपर कन्फ्रेन्समा हिजो नयाँ अफर ‘डिजिटल...
चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले अर्को अल–इलेक्ट्रिक सेडान बजारमा उपलब्ध गराउने भएको छ । हालै सार्वजनिक भएको स्पाई सटका आधारमा यो अनुमान गरिएको हो । कम्पनीले भने आधिकारिक रुपमा यस वारेमा केही बताएको छैन ।
पहिलो सार्वजनिक भएको बीवाईडी क्विन एल र सिल ०५ सेडानको अल–इलेक्ट्रिक भर्सन भन्दा यो फरक छ । यसमा भएको पहिलेकै स्टाइलको डोर ह्यान्डल र स्माल ह्विलका आधारमा सो मोडल इन्ट्री लेभल कार हुने अनुमान गरिएको छ । यसको राइट विङतिर रहेको चार्जिङ पोर्टका आधारमा पनि यो अनुमान गरिएको हो ।
स्पाई सटका आधारमा सो कार तुलनात्मक रुपमा कम्प्याक्ट देखिएको छ । सो कार सन् २०२५ मा लन्च हुने अनुमान गर्न सकिन्छ ।
बीवाईडी हाल विश्व बजारमै चर्चाको केन्द्रमा रहेको ईभी ब्रान्ड हो । नेपालमा समेत बीवाईडीका कार लोकप्रिय छन् ।
यसका आधारमा भविष्यमा बीवाईडीको अर्को मोडल समेत बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
हाल नेपाली बजारमा समेत बीवाईडीका एट्टो ३, डल्फिन र सिल लगायतका ईभी उपलब्ध छन् ।
गुगलले सञ्चालन गरिरहेको आई/ओ डेभलपर कन्फ्रेन्समा हिजो नयाँ अफर ‘डिजिटल...
काठमाडौं —सिजी मोटर्सले डायुन ईभीमा विशेष तथा अत्यन्तै आकर्षक अफर...
पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...