‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुने, ईभी ब्रान्ड दिपल मुख्य प्रायोजक हुने

काठमाडौं – छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतीक्षित कन्सर्टमा मुख्य प्रायोजकका रुपमा हिस्सा लिने भएको छ । कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो २५ डिसेम्बर अर्थात पुस १० गते हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।

नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको सो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्री पनि सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लिजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।

त्यसैगरी नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरसिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए ।

बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मजा दिने अपेक्षा दिपलले गरेको बताएको छ । सो कन्सर्टको टिकट एक्स्क्लुसिभ्ली ईसेवामा उपलब्ध हुनेछ ।

नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म ६५० भन्दा बढी युनिट विक्री भइसकेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक सवारी साधनको सर्भिसिङ कसरी गरिन्छ ? इन्जिन र जटिल पार्ट्स नभए पनि के मा हुन्छ खर्च ?

इलेक्ट्रिक सवारी साधनको सर्भिसिङ कसरी गरिन्छ ? इन्जिन र जटिल पार्ट्स नभए पनि के मा हुन्छ खर्च ?

इलेक्ट्रिक सवारी साधन अर्थात ईभीले प्रदूषण कम गर्ने र सर्भिसिङको लागि पनि...

लुयान नेपालले ल्यायो विन्टर राइड अफर, स्कुटर किन्दा यस्तो छ फाइदा

लुयान नेपालले ल्यायो विन्टर राइड अफर, स्कुटर किन्दा यस्तो छ फाइदा

काठमाडौं–लुयान नेपालले विन्टर राइड अफर ल्याएको छ । उक्त अफर अन्तर्गत...

ग्राहकको विश्वास जितेर सडकमा आफ्नो उपस्थिती मजवुत वनाउँदै ब्रम्बी ईभी

ग्राहकको विश्वास जितेर सडकमा आफ्नो उपस्थिती मजवुत वनाउँदै ब्रम्बी ईभी

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय नयाँनयाँ ब्रान्डका ईभी भित्रिरहेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...