ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी

चाइनिज एयरलाइन जुनयाओ एयरलाइनले चाइनिज घरेलु बजारमा डेब्यु गर्नु अघि थाइल्यान्डमा आफ्नो पहिलो ईभी जेवाई एयर इलेक्ट्रिक सेडान लन्च गरेको छ । ८ वर्षको वारेन्टी, ५२० किलोमिटर सम्मको रेन्ज र करिव २५ हजार २ सय डलर मूल्य सहित सो इलेक्ट्रिक सेडान सार्वजनिक भएको हो ।

सन् २००५ मा स्थापना भएको जुनयाओ एयरलाइन चीनको प्रमुख डोमेस्टिक अपरेटर मध्ये एक हो । उक्त एयरलाइनले युरोप, एसिया र अष्ट्रेलियन रिजन लगायतका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय उडान समेत गर्दै आएको छ ।

सन् २०२३ मा जुनयाओ अटोमोबाइल ब्रान्च स्थापना गरेर अटोमोटिभ सेगमेन्टमा प्रवेश गरेको सो एयरलाइनले वित्तीय रुपमा समस्यामा परेको युडो स्टार्टअपलाई एक्वायर गरेको थियो । सन् २०१८ मा स्थापना भएर २०२२ सम्मको अवधिमा युडोले वार्षिक रुपमा करिव १ लाख युनिट कार उत्पादन गर्ने प्लान्ट स्थापना गरे पनि यो अवधिमा २० हजार कार मात्र बिक्री गरेको थिया । त्यसपछि कार उत्पादन बन्द गरिएको थियो ।

जुनयाओ एयर अर्थात जेवाई एयर सेडान हाल थाइल्यान्ड मोटर एक्सपो २०२४ मा सार्वजनिक गरिएको हो । एरोडाइनामिक आकारमा रहेको सो कम्प्याक्ट सेडानमा स्लिक रुफलाइन, रिट्राक्टेबल डोर ह्यान्डल र फरक खालको एलईडी हेडलाइट लगायतका फिचर रहेका छन् । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४५५०, १८६० र १५१५ एमएम छ भने ह्विलबेस २८०० एमएम छ ।

जेवाई एयरको क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिप सहितको ठुलो मुख्य स्क्रिन छ । यसमा थ्रीडी ककपिट सहितको क्रिस्टल ओएस छ, जसले एलटु प्लस ड्राइभिङ असिस्ट सिस्टम सपोर्ट गर्छ । त्यसैगरी यसमा टु स्पोक स्टेयरिङ ह्विल, एक जोडी वायरलेस चार्जिङ प्याड, ठुलो सनरुफ र पाँच जना बस्न मिल्ने सुविधा छ ।

सो गाडीमा १५० किलोवाटको मोटर र २५० एनएमको रियर एक्सल छ । यसले १०० किलोमिटर प्रतिघण्टा सम्मको गति ७.९ सेकेन्डमा लिन सक्छ भने टप स्पिड १७० किलोमिटर प्रतिघण्टा छ ।

विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको सेन्जिङ एलएफपी ब्याट्री उपलब्ध हुने सो गाडीमा ५१ र ६४ किलोवाट आवर अप्सनमा ब्याट्री उपलब्ध हुनेछ, जसले सिंगल चार्जमा क्रमशः एनईडीसी अनुसार ४३० र ५२० किलोमिटर रेन्ज दिन्छ ।

जेवाई एयरले सन् २०२५ सम्म लोकल एसेम्बली बनाउने लक्ष्य राखेको छ । यद्यपि बीवाईडी एट्टो ३ लगायतका गाडीसँग यसको प्रतिस्पर्धा हुनेछ ।

नेपाली बजारमा पनि भविष्यमा यो गाडी आउने निश्चित छ । नेपाली बजारमा चीनमा बनेका विभिन्न ईभी भित्रिरहेको समयमा चाइनिज एयरलाइन बजारमा राम्रो पर्फमेन्स गरिरहेको कम्पनीको उत्पादन भित्रिने कुरामा समेत विश्वस्त हुन सकिन्छ ।

सम्बन्धित समाचारहरू

भारतमा लन्च भयो बीवाईडी सिल इलेक्ट्रिक सेडान

भारतमा लन्च भयो बीवाईडी सिल इलेक्ट्रिक सेडान

संसारकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले भारतमा...

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

काठमाडौं – नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

ग्रेडर मेसिन हाँक्दै अनिता

ग्रेडर मेसिन हाँक्दै अनिता

दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...