इलेक्ट्रिक स्कुटरको ब्याट्री फेर्दा कति खर्च लाग्ला ? यस्तो छ अनुमान

आजकल इलेक्ट्रिक स्कुटर धेरै लोकप्रिय भइरहेको छ। सामान्य स्कुटरको विपरीत इलेक्ट्रिक स्कुटरमा पेट्रोल भर्नु पर्ने कुनै झन्झट हुँदैन । इलेक्ट्रिक स्कुटरको लागि केवल चार्ज गर्नुपर्ने आवश्यक पर्छ । तर, इलेक्ट्रिक स्कुटरमा सबैभन्दा ठुलो खर्च ब्याट्रीमा हुन्छ । यदि स्कुटरको ब्याट्री बिग्रियो भने त्यसलाई बदल्नु निकै महँगो हुन्छ ।

ईभी इन्डियामा हाल बजारमा बिक्री भएका केही लोकप्रिय इलेक्ट्रिक स्कुटरको ब्याट्री मूल्यको बारेमा जानकारी सार्वजनिक भएको छ । यी इलेक्ट्रिक स्कुटरमा एथर रिज्टा, एथर ४५० एक्स, टीभीएस आइक्युब, भिडा भी१ र बजाज चेतक स्कुटरको ब्याट्रीको मूल्य उल्लेख गरिएको छ ।

यसबाट आगामी दिनमा यी स्कुटरको ब्याट्री फेर्नु प¥यो भने कति खर्च लाग्ला भनेर सामान्य अनुमान गर्न सकिन्छ ।

एथर ४५०एक्स रिज्टा ब्याट्रीको मूल्य

ईभी इन्डियाका अनुसार एथर ४५०एक्स को २.९ किलोवाट ब्याट्री प्याक मोडलको ६५ हजार भारु देखि ७० हजार भारुको बीचमा छ । जबकि एथर ४५० एक्सको ३.७ किलोवाटको ब्याट्री प्याकको मूल्य लगभग ८० हजार भारु पर्छ । एथरको नयाँ इलेक्ट्रिक स्कुटर रिज्टाको ब्याट्री रिप्लेसमेन्टका लागि ६५ हजार देखि ८० हजार भारु सम्म रहेको बताइएको छ ।

भिडा ब्याट्रीको मूल्य

हिरोको इलेक्ट्रिक स्कुटर भिडा भिडा भी१ प्रो र भिडा भी१ प्लस गरी दुई ​​भेरिएन्टमा उपलब्ध छ । भिडा भी१ प्रोको ब्याट्रीको मूल्य लगभग ८५ हजार भारु र भिडा भी१ प्लसको ब्याट्रीको मूल्य ७५ हजार भारु रहेको बताइएको छ ।

टीभीएस आईक्युब ब्याट्रीको मूल्य

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर धेरै भेरिएन्टमा उपलब्ध छ । टीभीएस आईक्युबको स्ट्यान्डर्ड मोडलको ब्याट्रीको मूल्य ६० देखि ७० हजार भारुसम्म रहेको छ । साथै आईक्युब एसटीको नयाँ ब्याट्रीको मूल्य करिब ९० हजार भारु छ ।

बजाज चेतक ब्याट्रीको मूल्य

बजाज चेतक इलेक्ट्रिक स्कुटरमा २.८ किलोवाट र ३.२ किलोवाट गरी दुई ब्याट्री प्याक भेरिएन्टमा उपलब्ध छ । सो स्कुटरको ब्याट्री बदल्नको लागि ६० हजार देखि ८० हजार भारुसम्म खर्च गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचारहरू

कस्तो छ एलएफपी ब्याट्री ? कतिको टिकाउपन र विश्वास योग्य छ ?

कस्तो छ एलएफपी ब्याट्री ? कतिको टिकाउपन र विश्वास योग्य छ ?

इलेक्ट्रिक स्कुटर एक पटक चार्ज गर्दा कति रेन्ज प्रदान गर्छ यो सबैभन्दा...

अध्ययन : ईभी ब्याट्रीको आयु २० वर्षसम्म, ब्याट्री फेल हुने सम्भावना ०.५ प्रतिशत मात्रै

अध्ययन : ईभी ब्याट्रीको आयु २० वर्षसम्म, ब्याट्री फेल हुने सम्भावना ०.५ प्रतिशत मात्रै

ईभीमा प्रयोग हुने ब्याट्रीको आयु र क्षयिकरणका बारे धेरै छलफल र अनुमान...

गिलीको फेरिजोन अटोले ल्यायो १० वर्ष सर्भिस लाइफ भएको ब्याट्री

गिलीको फेरिजोन अटोले ल्यायो १० वर्ष सर्भिस लाइफ भएको ब्याट्री

गिलीको फेरिजोन अटोले नयाँ कमर्सियल ब्याट्री सार्वजनिक गरेको छ । ब्ल्याक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...