११ महिनामा बीवाईडीले बेच्यो ३७ लाख ५७ हजार बढी गाडी, नोभेम्बरमै बिक्री भए ५ लाख बढी एनईभी

चाइनिज ईभी ब्रान्ड बीवाईडीले नोभेम्बर महिनामा ५ लाख ६ हजार ८ सय भन्दा बढी गाडी अर्थात न्यु इनर्जी भेइकल (एनईभी) बिक्री गरेको छ । हालै प्रकाशित तथ्यांक अनुसार बीवाईडीले दोस्रो पटक एकै महिनामा ५ लाख भन्दा बढी एनईभी बिक्री गरेको हो भने मासिक रुपमा रेकर्ड बिक्री गरेको यो छैटौं पटक हो ।

गत वर्षको यही अवधिको तुलनामा यो ६७.८७ प्रतिशत बढी हो भने गत अक्टोबर महिनाको तुलनामा ०.८३ प्रतिशत बढी हो । गत वर्षको नोभेम्बरमा कम्पनीले करिव ३ लाख २ हजार एनईभी बिक्री गरेको थियो ।

बीवाईडीले यो अवधिमा बिक्री गरेको प्यासेन्जर र कमर्सियल दुवै गाडीको तथ्यांक यसमा समेटिएको छ । ती मध्ये प्यासेन्जर एनईभी ५ लाख ४ हजार र कमर्सियल भेइकल करिव २ हजार ८ सय युनिट बिक्री भएका हुन् ।

यस अनुसार यो वर्षको जनवरी देखि नोभेम्बर सम्म ११ महिनाको अवधिमा बीवाईडीका ३७ लाख ५७ हजार ३३६ युनिट एनईभी बिक्री भएका छन् । गत वर्षको यही अवधिको तुलनामा यो ४०.०२ प्रतिशत बढी हो । यस मध्ये प्यासेन्जर एनईभी ३७ लाख ४० हजार ९३० युनिट बिक्री भएका छन्, जुन गत वर्षको तुलनामा ३९.९७ प्रतिशत बढी हो । अन्तर्राष्ट्रिय बजारमा यही अवधिमा ३ लाख ६० हजार ५० युनिट गाडी बिक्री भएका छन्, जुन गत वर्षको यही अवधिको तुलनामा ७४.२१ प्रतिशत बढी हो ।

कम्पनीले सन् २०२३ मा संसारभर ३० लाख २४ हजार ४१७ गाडी बिक्री गर्न सफल भएको थियो । यो संख्या सन् २०२२ को तुलनामा ६१.८ प्रतिशत बढी थियो । यो वर्ष भने कम्पनीले अझै बढी गाडी बिक्री गर्ने लक्षण देखिएको छ ।

बीवाईडीले सन् २०२४ भरीमा ३६ लाख गाडी बिक्री गर्ने लक्ष्य लिएको थियो । यस अनुसार यो लक्ष्य स्वाभाविक रुपमा हासिल भइसकेको छ । बीवाईडीले आन्तरिक रुपमा यो लक्ष्य बढाएर ४० लाख पु¥याउने लक्ष्य लिएको समाचार समेत सार्वजनिक भएका छन् । यद्यपि बीवाईडीले सो लक्ष्य लिएको वारेमा भने केही बताएको छैन ।

यसरी प्रकाशित सेल्स डाटा अन्तर्गत बीवाईडीले बिक्री गरेका न्यु इनर्जी भेइकल (एनईभी) को बिक्री तथ्यांक पर्छन् । यस अन्तर्गत ब्याट्री इलेक्ट्रिक र प्लग इन हाइब्रिड भेइकल पर्छन् । फ्युल सेल इलेक्ट्रिक अर्थात हाइब्रिड भेइकल समेत यसमा परे पनि बीवाईडीले यी भेइकल उत्पादन नगर्ने भएकाले सो डाटामा समावेश छैन ।

पेट्रोलियम पदार्थबाट चल्ने गाडी अर्थात आईसीई कारको उत्पादन भने बीवाईडीले सन् २०२२ को अप्रिल देखि नै बिक्री गर्न बन्द गरेको हो ।

सम्बन्धित समाचारहरू

नक्सालमा नामीको शोरुम शुभारम्भ, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नक्सालमा नामीको शोरुम शुभारम्भ, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं – नेपालका लागि डोङफेङ मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि...

बेलायतमा दिपल ब्रान्ड सार्वजनिक गर्दै चांगान

बेलायतमा दिपल ब्रान्ड सार्वजनिक गर्दै चांगान

चांगान अटोमोबाइलले बेलायतमा आफ्नो न्यु इनर्जी भेइकल ब्रान्ड दिपल...

यूरो एनक्याप टेस्टमा एवोन भीलाई ५ स्टार सेफ्टि रेटिङ

यूरो एनक्याप टेस्टमा एवोन भीलाई ५ स्टार सेफ्टि रेटिङ

काठमाडौं–एवोन भीले हालै यूरो एनक्याप टेस्ट २०२५ मा ५ स्टार सेफ्टी रेटिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...