यस्तो छ एनपीएलको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने अल–इलेक्ट्रिक ओमोडा ई५ डिलक्स एसयूभी

काठमाडौँ – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको अभिभावक कम्पनी शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा ई–फाइभ (ई५) डिलक्सले पुरस्कृत गर्ने घोषणा गरेको छ ।

ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाई’ सह–प्रायोजक हो । २०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको ओमोडा ई–फाइभको डिलक्स भेरिएन्टको बजार मूल्य ५५ लाख ९९ हजार रुपैयाँबाट सुरू हुन्छ । ओमोडा ई–फाइभ आकर्षक डिजाइन र अत्याधुनिक विशेषताहरूसहित पूर्ण रूपमा विद्युतीय गाडी हो जुन उत्कृष्ट खेल–प्रदर्शनको लागि सम्मान तथा हौसलास्वरूप प्रदान गरिनेछ ।

ओमोडा एन्ड जेइको, नेपाल प्रिमियर लिग र नेपाल क्रिकेट संघबीच गत मंसिर ११ गते सम्पन्न प्रायोजनको लागि एमओयु हस्ताक्षर कार्यक्रममा शारडा ग्रुपले उक्त पुरस्कार दिने घोषणा गरेको हो । उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपीएलका सदस्यहरू, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपीएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुस ६ गतेसम्म हुने तालिका रहेको छ । उपाधिका लागि देशभरका आठ टोलीले प्रतिस्पर्धा गर्ने यो लिग निकै उत्साहजनक हुने अपेक्षा गरिएको छ ।

क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्रिभन बाई’ सह–प्रायोजकका रूपमा ओमोडा एन्ड जेइकोले हरेक खेलमा खेलाडी र खेल प्रशंसकसँगै नेपाली क्रिकेटको समर्थनमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

क्रिकेट नेपालमा खेलिने र हेरिने सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो जसको माध्यमबाट धेरै नेपाली फ्यानहरू जोडिन्छन् । शारडा ग्रुपको यो विशेष घोषणाले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्ने र नेपालमा खेलक्षेत्रको समग्र उचाई बढाउनमा योगदान पु¥याउने कम्पनीले अपेक्षा गरेको छ ।

ओमोडा ई५ डिलक्समा रहेका फिचर

यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेको छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ ।

यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युृअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।

यसमा एडास ड्राइभिङ असिस्टेन्स सुविधा पनि रहेको छ, जस अन्तर्गत लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ ।

ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू छन् ।

एक्सटेरियर फिचर अन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ । यसको अर्को आकर्षण २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

सम्बन्धित समाचारहरू

इकोविट ब्राण्डका दुई इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य, रेन्ज र फिचर

इकोविट ब्राण्डका दुई इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य, रेन्ज र फिचर

इटालियन व्राण्ड इकोविटका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएका छन् ।...

विश्वमै सबैभन्दा बढी बिक्री हुने वुलिङ एयर ईभीको खुल्यो बुकिङ, यस्तो हुनेछ मूल्य

विश्वमै सबैभन्दा बढी बिक्री हुने वुलिङ एयर ईभीको खुल्यो बुकिङ, यस्तो हुनेछ मूल्य

काठमाडौं – विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभी...

एकैपटक ८०.७ प्रतिशत बढ्यो बीवाईडीको आम्दानी, सन् २०२३ मा आम्दानीले ग-यो रेकर्ड ब्रेक

एकैपटक ८०.७ प्रतिशत बढ्यो बीवाईडीको आम्दानी, सन् २०२३ मा आम्दानीले ग-यो रेकर्ड ब्रेक

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले गत वर्ष भन्दा २०२३ मा ८०.७ प्रतिशत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...