भारतमा सम्पन्न प्रतियोगितामा नेपाली राइडर दीपक साह बने –याली अफ हिमालयाज विजेता
भारतमा सम्पन्न –याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात...
काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले आयोजना गरेको ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टु–कार्ट्स’ का विजेता धरानको आईओई, ईआरसी टिम बनेको छ ।
त्यसैगरी सम्पूर्ण इन्जिनियरिङ कलेजका विद्यार्थीहरु बिच भएको मोटरस्पोर्ट्स इन द बक्समा थापाथली क्याम्पसका किरण कार्की विजेता बने भने काठमाडौं विश्वविद्यालयका सुयांश ढुंगाना उपविजेता बने ।
त्यसैगरी बेस्ट इनोभेसन अवार्ड काठमाडौं विश्वविद्यालयको टिम पाइलाले पाएको छ ।
सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागीहरु नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी भएका थिए, जुन कार्ट्सको फरक प्रतियोगिता हो । यो अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) को ग्रासरुट मोटर स्पोर्ट्सको नयाँ अभियान हो ।
काठमाडांै विश्वविद्यालयका विद्यार्थीहरुको इनोभेटिभ अभियान अभियान्ता २४ नामक वार्षिक फ्ल्यागसिप कार्यक्रमको सन्दर्भमा सो इभेन्ट सम्पन्न भएको हो ।
सो इभेन्टलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को ‘कलेज टु कार्ट्स’ इभेन्टसँग सम्बन्धन गरिएको छ । विजेतालाई नासा नेपालका सचिव निरज खड्का तथा सहकोषाध्यक्ष कमला क्षेत्रीलगायतले पुरस्कार वितरण गरे ।

धुलिखेलको हिमालयन मोटरल्याण्डमा सो इभेन्ट सम्पन्न भएको हो । यो भन्दा पहिले सो कार्यक्रमका सहभागीहरुको ट्रेनिङ तथा ओरिएन्टेसन काठमाडौं विश्वविद्यालयलको सभा हलमा भएको थियो । उक्त ओरिएन्टेसनमा कार्ट्सको डिजाइन तथा सुरक्षा विधि, प्रतियोगिताको नियमहरु, मार्सलिङ विधि तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राइभरको प्रशिक्षण, लाइसेन्सिङ तथा महिला कार्ट्स ड्राइभरको लागि छुट्टै प्रशिक्षण समेत दिइएको थियो ।
एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, काठमाडौं विश्वविद्यालयका प्रा.डा. डानियल तुलाधर र नासा नेपालका ट्रेनिङ तथा मार्सल कमिसनका प्रमुख यदुराज लामिछाने लगायतले प्रशिक्षण दिएका थिए ।
इभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका छ वटा टिम र उनीहरुले तयार गरेका कार्ट्सहरुको प्रतिस्पर्धा भएको थियो र प्रत्येक टिमबाट सातजना गरी जम्मा ४२ विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यसैगरी मोटरस्पोर्ट्स इन द बक्समा एक महिला सहित १२ सहभागी थिए ।
विजयी उत्कृष्ट खेलाडीले आगामी वर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटोस्पोर्ट च्याम्पियनसिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् ।

विद्यार्थीहरुले सो इभेन्टमा आ–आफ्नो विज्ञता र कौशलता अनुरुप सीप, डिजाइन, सिर्जनशीलता प्रदर्शन गर्दै प्रतिस्पर्धामा उत्रेका थिए ।
सानिमा हाइड्रोपावर, डब्लुडीएन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमा समेत आवद्ध रहेको छ । सो इभेन्टको कुल पुरस्कार राशी नगद एक लाख नगद रहेको छ । एक हप्ते सोसल मिडिया कन्टेस्टका विजेतालाई एक गुणस्तरीय कार्ट्सको हेल्मेट प्रदान गरिने समेत घोषणा गरिएको छ ।
नेपालमा नौलो र चुनौतीपूर्ण मानिएको मोटर स्पोर्ट्स विधामा काठमाडौं विश्वविद्यालय तथा विभिन्न इन्जिनियरिङ कलेजका बिधार्थीको उत्साह, क्रियाशीलता र प्रत्यक्ष सहभागिताले नयाँ इनोभेटिभ कार्यमा थप मद्दत पुग्नुका साथै नेपाली मोटो स्पोर्ट्स नयाँ उचाईमा पुग्ने विश्वास रहेको छ ।
इभेन्टको संयोजन आशीषमान रौनियार सहितको नासा नेपालका मार्सल तथा भोलेन्टियरले गरेका थिए ।
भारतमा सम्पन्न –याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात...
चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा चितवनको...
सुरक्षित सडक र दिगो सडक यातायात वारेमा बुधबार एक छलफल कार्यक्रम सम्पन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...