होन्डाले ल्यायो एक्टिभा र क्युसी१ इलेक्ट्रिक स्कुटर

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले लामो प्रतिक्षापछि एक्टिभा-ई र क्युसी१ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । सो इलेक्ट्रिक स्कुटरको बुकिङ जनवरी १ देखि र डेलिभरी फेब्रुअरी देखि सुरु हुनेछ। एक्टिभा-ई र क्युसी१ को मूल्य केही दिनमा खुलासा गर्नेछ । सो इलेक्ट्रिक स्कुटरले ओला र एथरका साथै टीभीएस र बजाज जस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ ।

होन्डा एक्टिभा-ई पेट्रोलबाट चल्ने एक्टिभा सिल्हुट र आधुनिक एलिमेन्टको कम्बो हो । यसको एलईडी हेडलाइट, टेलल्याम्प र स्माइलिङ डीआरएलले यसलाई स्लिक र आकर्षक बनाएको छ । यसमा ड्युअल टोन सिट, १२ इन्च डायमण्ड कट अलोय ह्विल, फ्ल्याट फुटबोर्ड र बलियो ग्र्याब रेल समावेश छ ।

होन्डा एक्टिभा इलेक्ट्रिक ५ कलरमा उपलब्ध छ। यसमा ७.० इन्चको टीएफटी स्क्रिन छ र यसको ह्यान्डलबारमा प्रदान गरिएको टगल स्विचको मद्दतले टीएफटी कन्ट्रोल गर्न सकिन्छ। सो बाइक एच स्मार्ट कीको साथमा उपलब्ध छ जसमा स्मार्ट फाइन्ड, स्मार्ट सेफ, स्मार्ट अनलक र स्मार्ट स्टार्ट जस्ता सुविधा रहेको छ ।

होन्डा एक्टिभा इलेक्ट्रिकमा दुई वटा बदल्न मिल्ने (स्वापेबल) ब्याट्री जडान गरिएको छ, जसको  क्षमता १.५ किलोवाट छ र फुल चार्जमा १०२ किलोमिटरको रेन्ज प्रदान गर्छ । एक्टिभा इलेक्ट्रिक उन्नत इन-हाउस विकसित परमानेन्ट म्याग्नेट सिंक्रोनस इलेक्ट्रिक मोटरले सुसज्जित छ जसले ६ किलोवाट पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । यो ७.३ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रति घण्टाको गति लिन्छ र यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ । यसमा इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी ३ मोड उपलब्ध छ ।

नयाँ होन्डा क्युसी१ इलेक्ट्रिक स्कुटर फ्लुइडिक डिजाइन र स्लिक इन्जिनियरिङको कम्बो हो। यसको एलईडी हेडलाइट र टेलल्याम्पको डिजाइनले क्युसीवनलाई फरक लुक दिएको छ । यो ५ रङमा उपल्बध छ । यसमा रियर-भ्यु मिरर, स्टाइलिश १२ इन्चको फ्रन्ट अलोय ह्विल, सोलिड ग्रेब रेल र आकर्षक फ्युचरिस्टिक लुकका साथ उपलब्ध गराएको छ ।

होन्डा क्युसी१ मा १.५ किलोवाट क्षमताको फिक्स्ड ब्याट्री प्याक दिइएको छ, जसले एक पटक चार्जमा ८० किलोमिटरको रेन्ज प्रदान गर्छ । क्युसी१ अटो-कट टेक्नोलोजीको साथ ३३० वाट अफ बोर्ड होम चार्जर प्रयोग गरी घरमै चार्ज गर्न सकिन्छ । यो ४ घण्टा ३० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ र फुल चार्ज हुन ६ घण्टा ५० मिनेट लाग्छ। यसको ब्याट्रीले १.८ किलोवाटको पीक पावर रेटिङ र ७७ एनएमको टर्क प्रदान गर्छ। सो स्कुटरको टप स्पिड ५० किलोमिटर प्रतिघण्टा छ । यसमा स्ट्याण्डर्ड र इकोन जस्ता दुई राइडिङ मोड पनि दिइएको छ ।

यसमा ५.० इन्चको अल-इन्फो एलसीडी डिस्प्ले छ, जसमा स्कुटरको बारेमा पूर्ण जानकारी सजिलै उपलब्ध हुन्छ । यसमा यूएसबी टाइप-सी आउटलेट प्रदान गरिएको छ । साथै यसमा २६ लिटरको अण्डर सिट भण्डारण बक्स पनि उपलब्ध छ ।

भारतमा सो स्कुटरहरुमा ३ वर्ष वा ५०,००० किलोमिटरको वारेन्टी र पहिलो वर्ष तीन पटक निःशुल्क सर्भिस उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...

अमेरिकाले बढाएको चिनियाँ इलेक्ट्रिक कारको भन्सार विवादमा भ्लादिमिर पुटिन पनि सामेल

अमेरिकाले बढाएको चिनियाँ इलेक्ट्रिक कारको भन्सार विवादमा भ्लादिमिर पुटिन पनि सामेल

अमेरिकाले इलेक्ट्रिक सवारीसाधन लगायतका चिनियाँ सामानमा भन्सार बढाउने...

टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपाल आउने, कम खर्चमा बढी आम्दानी हुने

टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपाल आउने, कम खर्चमा बढी आम्दानी हुने

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...