बीवाईडीले नेक्स्ट जेन ब्लेड ब्याट्री अर्को वर्ष लन्च गर्ने

बीवाईडीले सवारी साधनका लागि अझै राम्रो रेन्ज पर्फमेन्स दिने ब्लेड ब्याट्रीको नेक्स्ट जेनेरेसन अर्को वर्ष लन्च गर्ने भएको छ ।

बीवाईडी सेन्ट्रल एसियाका म्यानेजिङ डाइरेक्टर काओ शुआङले हालै अजरबैजानको बाकुमा चलिरहेको युएन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज सम्पन्न भए पश्चात चाइनिज सरकारी सञ्चार माध्यम सीजीटीएनसँगको अन्तर्वार्तामा सो कुरा बताएका हुन् । उनले सन् २०२५ मा सो ब्याट्री उपलब्ध हुने बताएका छन् ।

गत नोभेम्बर २२ मा प्रसारित अन्तर्वार्तामा उनले सो ब्याट्रीका कारण गाडीको रेन्ज अर्थात ड्राइभिङ डिस्टेन्स बढ्नुका साथै ब्याट्रीको आफ्नै लाइफ साइकल समेत बढ्ने बताए ।

गाडीमा प्रयोग गरिए पश्चात सो गाडीलाई इनर्जी स्टोरेज लगायतका अन्य एप्लिकेसनमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ ।

बीवाईडीले सबैभन्दा पहिले सन् २०२० मार्चमा फर्स्ट जेन ब्लेड ब्याट्री सार्वजनिक गरेको थियो । सो ब्याट्री लिथियम आइरन फस्फेट रसायनमा आधारित छ र यसले सेफ्टीमा जोड दिएको छ । हाल बीवाईडीका सबै मोडलमा यही ब्याट्री प्रयोग भइरहेको छ ।

हाल पावर ब्याट्री सेल उत्पादनको क्षेत्रमा बीवाईडी विश्वमै दोस्रो नम्बरमा पर्छ र केही वर्ष यता देखि नै सो ब्याट्री अपडेट गरिएको छैन ।

यद्यपि यसको वारेमा विस्तृत जानकारी भने सार्वजनिक भएको छैन । आगामी दिनमा यसको वारेमा अन्य थप समाचार समेत सार्वजनिक हुने नै छन् ।

बीवाईडीको ब्लेड ब्याट्री बीवाईडीका गाडीमा मात्र नभई टेस्ला, टोयोटा, फोर्ड, किया र हुन्डाई लगायतका ईभीमा समेत प्रयोग भएका छन् ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रियो दुहानको थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, विभिन्न ४ मोडल उपलब्ध

नेपाली बजारमा भित्रियो दुहानको थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, विभिन्न ४ मोडल उपलब्ध

नेपाली बजारमा चीनको विश्व प्रसिद्ध थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक...

२५ हजार युनिट टाटा एक्सप्रेस–टी ईभी उबरलाई उपलब्ध गराइने, हाल सम्मकै ठूलो सम्झौता

२५ हजार युनिट टाटा एक्सप्रेस–टी ईभी उबरलाई उपलब्ध गराइने, हाल सम्मकै ठूलो सम्झौता

भारतमा टाटा मोटर्सले ईभीका लागि हाल सम्मकै सबैभन्दा ठूलो सम्झौता गरेको छ ।...

बीवईडी एट्टो३ को नयाँ भेरिएन्ट सार्बजनिक, रेन्ज, पावर र चार्जिङमा व्यापक सुधार

बीवईडी एट्टो३ को नयाँ भेरिएन्ट सार्बजनिक, रेन्ज, पावर र चार्जिङमा व्यापक सुधार

बीवाईडीले आफ्नो सर्बाधिक लोकप्रिय मोडल एट्टो३ मा ठूलो साइजको ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...