इलेक्ट्रिक कार मालिकका लागि चेतावनी, आगलागिबाट जोगिन यी उपाय अपनाऔं
हालै सामाजिक सञ्जालमा महिन्द्रा बीई६ इलेक्ट्रिक कारमा आगो लागेको भिडियो...
मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च भएको छ । सन् २०२२ देखि इलेक्ट्रिक कमर्सियल भ्यान ईसी३५ उपलब्ध भएको भए पनि सामान्य ग्राहकका लागि भने पहिलो ईभीको रुपमा यो गाडी हाल उपलब्ध भएको हो ।
डोङफेङ बक्स ई२ र ई३ गरी दुई भेरिएन्टमा उपलब्ध हुने सो गाडीको मूल्य १ लाख ७ सय र १ लाख १३ हजार ७ सय आरएम छ । त्यसैगरी ह्वाइट अप्सनको मूल्य भने १ लाख १५ हजार ७ सय आरएम छ ।
डोङफेङ बक्स ईभीलाई नामी ०१ ईभी पनि भनिन्छ, जुन नेपाली बजारमा समेत उपलब्ध छ । नेपाली बजारमा नामी ई१, ई२ र ई३ गरी तीन भेरिएन्टमा यो गाडी उपलब्ध छ ।
ई२ र ई३ भेरिएन्टमा रहेको मुख्य फरक भनेको यसको ब्याट्री प्याक हो । ई२ मा ३१.४५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले ३३० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ । त्यसैगरी ई३ मा ४२.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ ।
दुवै भर्सनको डोङफेङ बक्स गाडीमा ७० किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ, जसले १६० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पिड १४० किलोमिटर प्रतिघण्टा छ ।
यी दुई भर्सनमा भएको अर्को फरक भनेको यसको चार्जिङ क्षमता हो । ई३ को माथिल्लो भेरिएन्टमा स्ट्यान्डर्ड ६.६ किलोवाटको एसी अनबोर्ड चार्जर र तल्लो भेरिएन्टमा ३.३ किलोवाटको चार्जर उपलब्ध हुन्छ । डीसी चार्जिङ स्पिडमा पनि केही फरक छ ।
दुवै भेरिएन्टलाई ३० मिनेटमा ३० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले दावी गरेको छ ।
त्यसैगरी ई३ मा लेवल २ अटोनोमस ड्राइभिङ सहितको एडास फिचर छ भने ई२ मा एडेप्टिभ क्रुज कन्ट्रोल रहेको छ ।
दुवै भेरिएन्टमा अटोमेटिक पार्किङ, १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन, दुई एयरब्याग, वायरलेस फोन चार्जर लगायतका विशेषता रहेका छन् ।
हालै सामाजिक सञ्जालमा महिन्द्रा बीई६ इलेक्ट्रिक कारमा आगो लागेको भिडियो...
हाल विद्युतीय मोटरसाइकल ‘यात्री’ चर्चामा छ । नेपाली युवाहरुको समूहले...
काठमाडौं– फोटोनको इलेक्ट्रिक प्यासेन्जर भ्यान नेपाल आएको छ । नेपालका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...