इलेक्ट्रिक स्कुटरको ब्याट्री फेर्दा कति खर्च लाग्ला ? यस्तो छ अनुमान
आजकल इलेक्ट्रिक स्कुटर धेरै लोकप्रिय भइरहेको छ। सामान्य स्कुटरको विपरीत...
काठमाडौं– यूरोपको सबैभन्दा ठूलो ब्याट्री उत्पादक नर्थभोल्ट आर्थिक संकटमा परेको छ । विश्व प्रख्यात गाडी उत्पादक फक्सवागन प्रमुख लगानीकर्ता रहेको नर्थभोल्ट आर्थिक ब्यवस्थापन गर्न नसकेर संकटमा परेको हो । स्विडेनमा प्लान्ट रहेको नर्थभोल्टमा फक्सवागनको मात्रै २१ प्रतिशत लगानी छ ।
पछिल्लो समय प्लान्ट संचलानका लागि आवश्यक रकमनै अभाव हुन थालेपछि कम्पनीले अमेरिकामा टाट पल्टिनबाट जोगिन भन्दै ब्यांकरप्सि प्रोटेक्सन फाइल गरेको छ । यो कम्पनी संकटमा परेसंगै यूरोपका ठूला गाडी उत्पादकहरु फक्सवागन र बिएमडब्लुको ईभी भविष्य अनिश्चित बन्ने देखिएको छ ।
सन् २०१६ मा टेस्ला कम्पनी छाडेर दुईजना एक्ज्युकेटिभले स्थापना गरेको नर्थभोल्टले यूरोपियन ब्रान्डका ईभीलाई आवश्यक पर्ने ब्याट्री सप्लाई गर्ने लक्ष्य लिएको थियो । कम्पनीले सुरुमै ४ विलियन डलर लगानी गरेर लिथियम आयोन ब्याट्रीको गिगा फ्याक्ट्रि निर्माण गर्ने योजना अघि सारेको थियो । नर्थभोल्टको उक्त योजनामा बिएमडब्लु र यूरोपको सबैभन्दा ठूलो ट्रक निर्माता स्कानियाले साथ दिँदै साझेदार बनेका थिए । पछि फक्सवागन समेत जोडिएपछि यो युरोपकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक बन्ने तयारीमा थियो ।
नर्थभोल्टले पछि भोल्भोबाट समेत साथ पाएपछि झनै ठूलो महत्वकांक्षी योजना बनायो । सन् २०२२ मा पहिलोपटक ब्याट्री सप्लाई गर्न थालेको कम्पनी लगत्तै १ अर्व ७० करोड डलर रिणमा डुब्यो । पछि कम्पनीले २० अर्ब डलर बरावरको आइपिओ निस्कासन गर्ने तयारी थालेपनि अन्तिममा सफल हुन नसकेपछि कम्नीको संकट झनै गहिरन थालेको हो ।
आर्थिक संकट झेल्दै आएको नर्थभोल्टले बिएमडब्लुसंग भएको सम्झौता अनुसार ब्याट्री सप्लाई दिन नसकेपछि २ अर्ब डलर बरारारको अर्डर गुमाउनु पर्यो । यसले कम्पनीमाथीको विश्वास कम हुँदै गयो भने आर्थिक संकट झनै झेलिंदै गयो ।
चिनियाँ ब्याट्री निर्माता सिएटिएल र बिवाईडीको बर्चश्व तोड्न भनेर पुरै युरोपले साथ दिएको नर्थभोल्टको संकटले युरोपियन ब्रान्डको इभी बजार विस्तरमा ठूलो धक्का पुग्ने अनुमान गरिएको छ ।
नर्थभोल्टले क्यानाडा, जर्मनी र अन्य युरोपेली मुुलुकमा समेत प्लान्ट विस्तार गर्ने योजना बनाएको थियो । यो कम्पनीलाई अमेरिकाले समेत साथ दिँदै आएको थियो । तर अन्ततः कम्पनी आर्थिक संकटमा परेसंगै यूरोपेलि ईभी बजार नै अनिश्चित बनेको छ ।
आजकल इलेक्ट्रिक स्कुटर धेरै लोकप्रिय भइरहेको छ। सामान्य स्कुटरको विपरीत...
काठमाडौं – नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न...
काठमाडौं – टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...