होन्डाले दुई स्वापेबल ब्याट्रीको साथमा नयाँ इलेक्ट्रिक एक्टिभा स्कुटर ल्याउँदै, यस्तो छ विशेषता

होन्डाले दुई वटा स्वापेबल ब्याट्रीका साथ इलेक्ट्रिक एक्टिभा स्कुटर लन्च गर्ने भएको छ । कम्पनीले यसलाई नोभेम्बर २७ मा भारतमा लन्च गर्ने तयारी गरिरहेको छ । होन्डाले सो ई-स्कुटरको टिजर पनि सार्वजनिक गरेको छ, जसमा दुबै बदल्न मिल्ने ब्याट्री देखाइएको छ।

सो स्कुटर एक्टिभा ११० जत्तिकै शक्तिशाली हुने र एक पटक चार्जमा १०४ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । कम्पनीले हालै इटालीको मिलानमा आयोजित ईआईसीएमए अटो शोमा आफ्नो कन्सेप्ट मोडल पेश गरेको थियो । सो स्कुटर लन्च पछि यसले टीभीएस आई क्युब, एथर रिज्टा, एथर ४५०एक्स, बजाज चेतक र ओला एस१ सँग प्रतिस्पर्धा गर्नेछ।

नयाँ एक्टिभा इलेक्ट्रिकको तल्लो भेरिएन्टमा ५ इन्च टीएफटी डिस्प्ले र शीर्ष भेरिएन्टमा ७ इन्च मल्टी-कलर स्क्रिन हुनेछ । ब्याट्री चार्जर, रेन्ज लेफ्ट, स्पिड, मोड, ब्लुटुथ कनेक्टिभिटी, सर्भिस अलर्ट र अन्य महत्त्वपूर्ण जानकारी टचस्क्रिनमा देखिनेछ । साथै यसमा टर्न-बाई-टर्न नेभिगेसन र म्युजिक कन्ट्रोल जस्ता फिचर पनि हुनेछ ।

इलेक्ट्रिक एक्टिभालाई पारम्परिक डिजाइन दिइएको छ, जुन एकदमै सरल देखिन्छ । यसमा फ्रन्ट प्यानलमा हेडलाइट दिइएको छ । इलेक्ट्रिक स्कुटर तीन रङमा उपलब्ध हुनेछ। स्कुटरको बेस भेरिएन्टमा स्पिडोमिटर, ब्याट्री प्रतिशत, ओडोमिटर र ट्राभलिङ डाटा जस्ता जानकारी टीएफटी डिस्प्लेमा उपलब्ध हुनेछ। स्कुटरमा एलईडी लाइटिङ सेटअप र यूएसबी सी चार्जिङ पोर्ट पनि उपलब्ध गराइनेछ।

होन्डा इलेक्ट्रिक स्कुटरको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा ट्विन सक एब्जर्बर दिइएको छ । यसमा १९० एमएम फ्रन्ट डिस्क र रियरमा ११० एमएम ड्रम ब्रेक प्रयोग गरिएको छ। यसको दुबै तर्फ १२ इन्चको अलोय ह्विल दिइएको छ । यसको ह्विलबेस १३१० एमएम, सिटको उचाइ ७६५ एमएम र ग्राउन्ड क्लियरेन्स २७० एमएम हुनेछ।

रिपोर्टका अनुसार स्कुटरमा ६ किलोवाट क्षमताको स्विङआर्म माउन्टेड इलेक्ट्रिक मोटर दिइनेछ । स्कुटरमा स्ट्यान्डर्ड, स्पोर्ट र इकोन गरी तीन मोडमा उपलब्ध हुनेछ । यसको मोटरलाई पावर दिन १.३ किलोवाटको दुई वटा स्वापेबल ब्याट्रीहरू उपलब्ध हुनेछ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा हुनेछ। सो स्कुटरलाई ० देखि ७५ प्रतिशतसम्म चार्ज हुन ३ घण्टा र स्ट्यान्डर्ड चार्जर प्रयोग गरी ० देखि १०० प्रतिशतसम्म चार्ज हुन ६ घण्टा लाग्छ।

सम्बन्धित समाचारहरू

४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल

४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल

काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको...

होन्डाले ल्यायो स्पोर्टी डिजाइन र थप माइलेज भएको नयाँ डियो स्कुटर

होन्डाले ल्यायो स्पोर्टी डिजाइन र थप माइलेज भएको नयाँ डियो स्कुटर

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले डियो स्कुटरको नयाँ भर्सन लन्च...

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...