भारतले ईभी आयातको शुल्क ९५ प्रतिशत घटायो, यी मापदण्ड लागु हुने
भारत सरकारले आफ्नो नयाँ ईभी नीति अन्तर्गत विद्युतीय कारहरुमा आयात शुल्क...
जिकर एक्स, प्रिमियम कम्प्याक्ट एसयूभी हो, जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स, नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि एक उत्कृष्ट एसयूभी हो ।
सरल आधुनिक डिजाइनमा आकर्षक डिजाइन–डिटेलसहित यो गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ पनि निकै आकर्षक देखिन्छ । गाडीको डिजाइन ‘गोल्डन रेसियो’ मा आधारित छ जुन विभिन्न चित्रकला, वास्तुकला तथा प्रोडक्ट डिजाइनहरूमा प्रयोग हुनुका साथै अहिलेसम्म पनि उत्कृष्ट गाडीको डिजाइनहरूमा प्रयोग गरिन्छ ।
२७५० एमएमको ह्विलबेसमा ४४३२ एमएम लामो र १५६६ एमएम अग्लो जकर एक्स व्यस्त सहरी सडकका लागि उत्कृष्ट आकार वा साइजको रहेको छ । टाढाबाट हेर्दा गाडीको आकर्षक डिजाइनले आँखा लोभ्याउँछ भने नजिकबाट नियाल्दा झनै आकर्षक डिजाइन डिटेलहरू देख्न सकिन्छ । गाडीको ढोकाहरूमा ‘फ्रेमलेस’ डिजाइन प्रयोग भएकोले सरल, आकर्षक र आधुनिक देखिन्छ । त्यसैगरी, यसको ‘विन्डो सिलिङ स्ट्रिप्स’ पनि आधुनिकता र सरलतालाई निरन्तरता दिँदै डिजाइन गरिएको कारण झ्यालको ‘सिट मेटल’को भाग र ‘ग्लास’ को भाग नछुट्टिकन एकरूपताका साथ जोडिएको देखिन्छ ।
जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम–आयोन ब्याट्री रहेको छ, जसमा उत्कृष्ट इनर्जी डेन्सिटी र लामो समयसम्म स्थायित्वका लागि ‘सिएटीएल’ कम्पनीको ‘एनएमसी सेल’ प्रयोग भएको छ । गाडीको ‘लङ रेन्ज’ मोडलको रियर एक्जिलमा २०० किलोवाट (२७२ हर्सपावर) र ३४३ एनएमको इलेक्ट्रिक मोटरसहित ‘थर्ड जेनेसेन’ सिलिकन–कार्बाइड इन्भर्टर प्रविधि रहेको छ । जसले गर्दा उक्त मोडल, मात्र ५.६ सेकेन्डमा ० बाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ ।
जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट ककपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको एचडी टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडी इन्स्ट्रयुमेन्ट प्यानल सहित २४.३ इन्चको ‘अगमेन्टेड रियालिटी हेड–हप डिस्प्ले’ समावेश रहेको छ ।
अगमेन्टेड रियालिटी हेड–अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिन –अगाडिको सिसा) मा नै ग्राफिक्स प्रोजेक्ट हुन्छ । यसबाट सुरक्षित ड्राइभिङका लागि गाडीको गति लगायत विभिन्न सूचना, ‘एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडिको अब्जेक्ट भ्युमा नै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड हुन्छ ।
जिकर ००१ जस्तै सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एसईए) मा निर्मित जिकर एक्सले उत्कृष्ट मिश्रणको मेटरियल प्रयोग गर्दछ जसमध्ये ७३ प्रतिशत ‘हाइ–स्ट्रेन्थ स्टिल’को प्रयोग भएको छ । यसले गाडीको तौल घटाउँदै उच्चतम स्ट्रक्चरल सेफ्टी (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ ।
नेपालमा पायोनियर मोटोकर्पले जिकरका गाडी बिक्री–वितरण गरिरहेको छ । पायोनियर मोटोकर्पले देशभरी रहेका ईभी पारखी, गाडी चालक तथा खरिदकर्ता र ग्राहकहरूलाई जिकर एक्सको आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र व्यावहारिक उपयोगिताको एकसाथ प्रयोग भएको एक परिष्कृत ‘अल इलेक्ट्रिक अर्बान एसयूभी – जिकर एक्स’ को अनुभव गर्न आमन्त्रित गरेको छ ।
भारत सरकारले आफ्नो नयाँ ईभी नीति अन्तर्गत विद्युतीय कारहरुमा आयात शुल्क...
चिनियाँ अटो निर्माता चेरीले सोलिड स्टेट ब्याट्रीमा नयाँ प्रबिधीको अनावरण...
काठमाडौं – पठाओ कार लाइट (ट्याक्सी) को दोश्रो वार्षिकोत्सवको अवसरमा आज आज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...