फिक्स्ड कि रिमुभेबल ? कुन ब्याट्री भएको इलेक्ट्रिक स्कुटर उत्तम ?
आजको समयमा इलेक्ट्रिक सवारी साधनप्रति मानिसको आकर्षण तीव्र गतिमा...
काठमाडौं– चिनियाँ अटो निर्माता चेरीले विश्वकै ठूलो सोलिड स्टेट ब्याट्री कारखाना निर्माणलाई अन्तिम चरणमा पुर्याएको दाबी गरेको छ । चेरीले निर्माण गर्ने उक्त कारखानाले विश्वमै पहिलोपटक १ गिगावाट आवर सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने दाबी गरिएको हो ।
कम्पनीले चिनको वुहु इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभ्लपमेन्ट जोनमा अत्याधुनिक कारखाना निर्माण गर्न लागेको जनाइएको छ । उक्त प्रोजेक्टको पहिलो फेज १ लाख स्क्वायर मिटर क्षेत्रफलमा फैलिने र पछि विस्तार गरेर ५ गिगावटा आवर क्षमतासम्म पुर्याउने कम्पनी तयारी छ ।
सो विशाल कारखाना निर्माणमा चेरीले थाइल्यान्ड र जापाजिन कम्पनीसंग समेत साँझेदारी गरेको छ । कारखानले चरणबद्ध रुपमा तीनवटा जेनेरशनका सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने जनाइएको छ । जसअन्तर्गत अवको केही महिनाभित्रै पहिलो जेनेरशेन २८० वाट आवर प्रति किलोग्राम इनर्जी डेन्सिटी भएको ब्याट्री उत्पादन थालिने र २०२५ मा दोस्रो जनेरेशनलाई ल्याउने तयारी गरिएको छ ।
दोस्रो जनेरेशनको इनर्जी डेन्सिटी ४०० वाट आवर प्रति किलोग्राम तथा तेस्रो जनेरेशनको इनिर्जी डेन्सिटी ५०० वाट आवर प्रति किलोग्राम रहने जनाइएको छ । तेस्रो जेनेरेशनलाई २०२७ मा लन्च गर्ने कम्पनी योजना छ ।
परम्परागत ब्याट्रीको तुलनामा सोलिड स्टेट ब्याट्री बढी सुरक्षित, बातावरणमैत्री र उच्च इनर्जी डेन्सिटीयुक्त हुने कारण यो नयाँ प्रबिधीको विकासमा सिएटिएल लगायत अन्य थुप्रै कम्पनीले काम गरिरहेका छन् ।
चेरीले उत्पादन गर्ने सोलिड स्टेट ब्याट्रीलाई टोयोटा, हुन्डाई, मर्सिडिज बेन्ज र फक्सवागन जस्ता प्रख्यात ब्रान्डले आफ्ना ईभीमा प्रयोग गर्ने सहमति जनाइसकेका छन् ।
आजको समयमा इलेक्ट्रिक सवारी साधनप्रति मानिसको आकर्षण तीव्र गतिमा...
एसियन ब्याट्रिज लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना...
बीवाईडीले दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...