काठमाडौं भित्रने सिस्ने खोला खण्ड एक हप्ता आंशिक बन्द हुने

नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबारदेखि नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाबाट काठमाडौँ–धादिङ सुरुङ मार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक बन्द गरिने जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार एक सूचना प्रकाशित गरी नागढुंगा सुरुङ्ग मार्ग निर्माण आयोजनाबाट काठमाडौं– धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) यही कात्तिक २९ देखि मंसिर ५ गतेसम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने जनाएको छ।

उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेकका सवारी साधन संचालनमा आंशिक रुपमा रोक लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जनाएका छन्।

एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

462579237_534399942719362_8408728223678246234_n

सम्बन्धित समाचारहरू

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

काभ्रेपलाञ्चोक – गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी...

यी स्थानमा छन् राजमार्ग अवरोध (सूचीसहित)

यी स्थानमा छन् राजमार्ग अवरोध (सूचीसहित)

काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।...

अर्थमन्त्री बन्दै रामेश्वर खनाल : तलब, क्वार्टर, गाडी सुविधा नलिने

अर्थमन्त्री बन्दै रामेश्वर खनाल : तलब, क्वार्टर, गाडी सुविधा नलिने

काठमाडौं – अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...