नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने प्रेस विज्ञप्तिमार्फत औपचारिक रुपमा जानकारी गराएको छ । १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ ।

सन् २०२२ फेब्रुअरीमा आयोनिक ५  नेपाल आएको थियो । आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर, र विश्व कार डिजाइन अफ दि इयर जस्ता सम्मानित पुरस्कारहरू प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड  र पिक्सेल टेललाइटले धेरैको आँखा लोभ्याउछ ।

आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै  हुनेछ ।

करिव एक महिना भित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने र १०० किलोवाटको आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले शोरुममा बुक गर्न सक्नेछन् ।

प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक-५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रिकल आर्किटेक्चरमा तयार गरेको हो ।  आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।

नेपाली बजारमा प्रिमियम ईभी चड्न चाहनेहरूको लागि आयोनिक ५ एक उत्कृष्ट रोजाइ हो ।

सम्बन्धित समाचारहरू

बीवाईडीले बालबालिकाको लागि ल्यायो इलेक्ट्रिक स्कुल बस, २२५ किमीसम्मको रेन्ज दिने

बीवाईडीले बालबालिकाको लागि ल्यायो इलेक्ट्रिक स्कुल बस, २२५ किमीसम्मको रेन्ज दिने

चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले अमेरिकाका लागि...

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, ५०० किमी रेन्जका साथ एडास २ लगायतका फिचर

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, ५०० किमी रेन्जका साथ एडास २ लगायतका फिचर

मारुती सुजुकीले कम्पनीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल...

५० वर्ष पछि नयाँ इलेक्ट्रिक अवतारमा आउदै काइनेटिक लुना

५० वर्ष पछि नयाँ इलेक्ट्रिक अवतारमा आउदै काइनेटिक लुना

सन् १९७२ मा लन्च गरिएको काइनेटिक ग्रुपको लोकप्रिय मोडल लुना मोपेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...