कियाले चाँडै नै नयाँ एसयूभी ल्याउँदै, स्केच सार्वजनिक

कियाले चाँडै नै भारतमा अर्को एसयूभी ल्याउने भएको छ । हालको लागि कम्पनीले यसको स्केच मात्र सार्वजनिक गरेको छ । कियाले सो एसयूभी किया २.० ब्यानर अन्तर्गत ल्याउन लागेको हो ।

कियाको नयाँ एसयूभीले डिजाइन, प्रविधि, स्पेस र सेफ्टीको हिसाबले नयाँ स्ट्यान्डर्ड तय गर्ने अपेक्षा गरिएको छ । साथै यसले भारतीय बजारमा एसयूभीको नयाँ रूप पनि ल्याउनेछ। कियाको नयाँ एसयूभीको डिजाइन ईभी९ र कार्निभल लिमोजिनबाट प्रेरित छ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ एसयूभीको स्केचमा केही डिटेल्स पनि सार्वजनिक भएको छ । सो स्केचमा कार्निभलबाट प्रेरित ठाडो डीआरएल डिजाइनको साथ बक्सी सिल्हुट देख्न सकिन्छ । साथै यसमा फ्लश डोर ह्यान्डल र चंकी रूफ रेल सहितको घुमाउरो डोर प्यानल पनि देख्न सकिन्छ । यसको रियरमा एल आकारको टेलल्याम्प सेटअप देख्न सकिन्छ ।

कियाको सो नयाँ एसयूभीमा परम्परागत डिजाइनको सट्टा नयाँ स्टाइल दिइएको छ, जसमा एड्भान्स प्रविधि र उत्कृष्ट फिचर हुनेछ । साथै यसको क्याबिन पनि निकै आरामदायी हुनेछ । कम्पनीले सो एसयूभी भारतीय ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको बताएको छ ।

सम्बन्धित समाचारहरू

पूर्ण रूपमा परिवर्तनसहित सार्वजनिक भयो नयाँ किया सेल्टोस, ३ वटा इन्जिन विकल्पमा उपलब्ध

पूर्ण रूपमा परिवर्तनसहित सार्वजनिक भयो नयाँ किया सेल्टोस, ३ वटा इन्जिन विकल्पमा उपलब्ध

अन्ततः कियाले नयाँ २०२३ एसयूभी सेल्टोस सार्वजनिक गरेको छ । यसको बुकिङ...

किया नेपालद्वारा २०२६ मोडलको किया सोनेट सार्वजनिक, बुकिङ खुला (मूल्य सहित)

किया नेपालद्वारा २०२६ मोडलको किया सोनेट सार्वजनिक, बुकिङ खुला (मूल्य सहित)

काठमाडौं – नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

किया ईभी६ बन्यो युरोपको ‘कार अफ द इयर २०२२’, नेपाल आउने तयारीमा

किया ईभी६ बन्यो युरोपको ‘कार अफ द इयर २०२२’, नेपाल आउने तयारीमा

कियाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेको इलेक्ट्रिक कार ईभी६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...