फायरप्रुफ ब्याट्री भएको इलेक्ट्रिक स्कुटर नेपालमा
काठमाडौं – नेपाली बजारमा फायरप्रुफ ब्याट्रीयुक्त इलेक्ट्रिक स्कुटर...
ईभी निर्माता कम्पनी वुलिङले ईभी चार्जिङका लागि महत्वपूर्ण समाधानको रुपमा सेल्फ–ड्राइभिङ मोबाइल इनर्जी स्टोरेज चार्जिङ भेइकल (एमईएससीभी) सार्वजनिक गरेको छ ।
चीनमा चलिरहेको २०२४ क्यान्टोन फेयरमा सार्वजनिक गरिएको सो अटोनोमस चार्जरले ईभी चार्जिङ स्टेसनमा हुने भिडको अवस्थालाई अन्त्य गर्ने र विभिन्न स्थानमा छरिएका ड्राइभरहरुलाई अन–डिमान्ड पावर उपलब्ध गराउने छ ।
यसको सबैभन्दा ठूलो मोडलमा १४१ किलोवाट आवरको ब्याट्री हुन्छ र आवश्यकता अनुसार जुनसुकै स्थानमा अटोमेटिक रुपमा पुग्न सक्छ । अमेरिकी डलर ४२ हजार मूल्य पर्ने सो मोडल ७.५ फिट अग्लो र ६.५ फिट लामो छ भने ३.१ फिट फराकिलो छ ।
अर्को सानो भर्सनको मोडलमा ३० किलोवाट आवरको ब्याट्री हुन्छ र यसको मूल्य ११ हजार डलर पर्छ । चीन र विश्वभर बढिरहेको ईभीप्रतिको क्रेजको अवस्थामा यस प्रकारका चार्जर निकै नै उपयोगी हुने अनुमान गरिएको छ ।
यसबाट कुनै पनि ईभी आगामी दिनमा पावरविहीन हुनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास समेत गरिएको छ ।
काठमाडौं – नेपाली बजारमा फायरप्रुफ ब्याट्रीयुक्त इलेक्ट्रिक स्कुटर...
बेलायतमा गत वर्ष भन्दा सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने...
भारत सरकारले आफ्नो आत्मनिर्भर पहलको एक भागको रूपमा ब्याट्री प्रविधि, पावर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...