हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखियो, फ्रन्ट लुक सहित अन्य फिचर सार्वजनिक

हुन्डाईले क्रेटालाई मध्यम आकारको एसयूभीका रूपमा बिक्रीको लागि उपलब्ध गराउँदै आएको छ । अब कम्पनीले यसको इलेक्ट्रिक भर्सन पनि चाँडै लन्च गर्ने तयारी गरिरहेको छ । तर लन्च हुनु अघि नै यसको परीक्षणको क्रममा देखिएको छ । जसमा सो एसयूभीको फिचर सार्वजनिक भएको छ ।

हाल हुन्डाई क्रेटा ईभी विभिन्न अवस्थामा परीक्षण भइरहेको छ र आवश्यकता अनुसार अपडेट पनि भइरहेको छ ।

रिपोर्टका अनुसार सो एसयूभीको इलेक्ट्रिक संस्करणलाई आईसीई संस्करणको तुलनामा फरक फ्रन्ट दिइएको छ । यसमा फ्रन्ट ग्रिलको सट्टा ब्ल्याङ्क अफ ग्रिल प्रयोग गरिएको छ । साथै अगाडि केही थप परिवर्तन गर्ने सम्भावना छ । यसको अगाडिको भागमा चार्जिङ पोर्टको लागि स्पेस पनि प्रदान गरिनेछ र अलोय ह्विलको डिजाइन फरक हुनेछ ।

रिपोर्टका अनुसार यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, सेन्ट्रल कन्सोलमा बटन प्यानल, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, युएसबी चार्जिङ पोर्ट, कीलेस इन्ट्री, रियर एसी भेन्ट्स, वायरलेस फोन चार्जर जस्ता सुविधाहरू उपलब्ध गराइने बताइएको छ । सेफ्टीका लागि एसयूभीमा एडास, एबीएस, ईबीडी, हिल होल्ड असिस्ट, ईएसपी र ६ वटा एयरब्याग जस्ता फिचर प्रदान गर्नेछ

कम्पनीले सो एसयूभीमा ५० किलोवाट र ६० किलोवाट गरी २ वटा ब्याट्री विकल्प उपलब्ध गराउन सक्छ। जसले एकपटक चार्ज गरेपछि ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ ।

कम्पनीले सो एसयूभीको लन्चको बारेमा आधिकारिक जानकारी दिएको छैन, तर सन् २०२५ को जनवरीमा हुने भारत मोबिलिटीमा यसलाई लन्च गर्ने र अर्को डेलिभरी सुरु हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

१८ भन्दा बढी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर भएको हुन्डाई एक्स्टर नेपाली बजारमा

१८ भन्दा बढी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर भएको हुन्डाई एक्स्टर नेपाली बजारमा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

काठमाडौं–लक्ष्मी हुन्डाईद्वारा आयोजित इलेक्ट्रिक सवारी प्रविधि, सुरक्षा...

हुन्डाईले हाइड्रोजन–इलेक्ट्रिक हाइब्रिड पावरट्रेनमा नयाँ स्पोर्टस कार ल्याउने

हुन्डाईले हाइड्रोजन–इलेक्ट्रिक हाइब्रिड पावरट्रेनमा नयाँ स्पोर्टस कार ल्याउने

हुन्डाईले गत वर्ष सार्बजनिक गरेको स्पोर्ट्स कार एन भिजन ७४ को कन्सेप्टलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...