टोयोटाले पनि इलेक्ट्रिक एसयूभी ल्याउँदै, अर्को वर्ष लन्च गर्ने योजना

सुजुकी मोटर कर्पोरेशन र टोयोटा मोटर कर्पोरेशनको साझेदारीमा नयाँ इलेक्ट्रिक एसयूभी मोडल आउने भएको छ । सो इलेक्ट्रिक कारको निर्माण फेब्रुअरी २०२५ देखि सुरु हुनेछ । मारुती सुजुकी इन्डिया लिमिटेडले टोयोटालाई विश्वव्यापी रूपमा आफ्नो पहिलो इलेक्ट्रिक कार आपूर्ति गर्नेछ ।

नयाँ इलेक्ट्रिक गाडीको लागि सुजुकी र टोयोटा दुबैले आ–आफ्नो तहमा काम गरिरहेका छन्, जसमा सवारी साधनको उत्पादन र पारस्परिक आपूर्ति र इलेक्ट्रिफाइड सवारी साधनहरू समावेश छन् । हाल यसको बजार जापान, भारत, युरोप, अफ्रिका र मध्यपूर्वमा फैलिएको छ ।

यो दुई कम्पनीको साझेदारीमा ओईएम सम्बन्धले पहिलो बीईभी हो । यी दुई कम्पनीले मिलेर भारतमा इलेक्ट्रिक एसयूभी मोडल तयार गर्न लागेका छन् र यसलाई विश्वभर लन्च गरिने छ । सो इलेक्ट्रिक गाडीले एसयूभी बजारमा बीईभी विकल्प पनि उपलब्ध गराउनेछ ।

यसलाई विशेष रूपमा बीईभीको रूपमा डिजाइन गरिनेछ। बीईभी तीव्र गतिको फिचरसहितको एसयूभी हुनेछ। यसमा पर्याप्त क्रूजिङ रेन्ज र आरामदायी क्याबिन हुनेछ । सो एसयूभी फोरडब्ल्युडी सिस्टमको साथमा आउनेछ।

सम्बन्धित समाचारहरू

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

टोयोटाले अटोमेटिक ट्रान्समिसन सम्बन्धी सफ्टवेयर अपडेटका लागि भारतमा...

हाइब्रिड पावरट्रेनमा आयो टोयोटा ल्यान्डक्रुजर ३००, मूल्य कति ?

हाइब्रिड पावरट्रेनमा आयो टोयोटा ल्यान्डक्रुजर ३००, मूल्य कति ?

टोयोटाले आफ्नो चर्चित एसयूभी ल्यान्डक्रुजर ३०० लाई हाइब्रिड पावरट्रेनमा...

सुजुकीसँग साझेदारीमा नयाँ कार निर्माण गर्ने तयारीमा टोयोटा, फ्रोङ्क्ससँग प्रतिस्पर्धा हुने

सुजुकीसँग साझेदारीमा नयाँ कार निर्माण गर्ने तयारीमा टोयोटा, फ्रोङ्क्ससँग प्रतिस्पर्धा हुने

टोयोटा इन्डियाले अर्बन क्रुजर टेजर नामको नयाँ कारको ट्रेडमार्क दर्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...