३५ अर्ब डलर खर्च गर्दै चांगान, एसयूभीबाट पिकअप ट्रकमा रुपान्तरण हुने निभो ई०७ सार्वजनिक

चीनको दोस्रो ठूलो अटोमोबाइल ग्रुप चांगानले इन्टेलिजेन्ट कार टेक्नोलोजीको विकासका लागि सन् २०२९ सम्ममा ३५ अर्ब डलर लगानी गर्नुका साथै १० हजार मानव संसाधन थप्ने जनाएको छ । भर्खरै सम्पन्न चांगान टेक्नोलोजी इकोसिस्टम कन्फिरेन्समा चांगानका अध्यक्ष झु हुवारंगले आगामी ३ वर्षमा विश्वबजारमा ३७ स्मार्ट इलेक्ट्रिक कार सार्वजनिक गर्ने योजना पनि सुनाएका हुन् ।

सन् २०३० सम्ममा वार्षिक ५० लाख कार बिक्री गर्ने दीर्घकालीन लक्ष्य चांगान अटोको लिएको छ जसमध्ये ६० प्रतिशत न्यु इनर्जी भेइकल र ३० प्रतिशत चीनभन्दा बाहिर निर्यात गर्ने लक्ष्य रहेको छ ।

‘चांगान अटोले मुख्यतः दिपल, अवतार र चांगान गरी तीन न्यु इनर्जी मार्कीमार्फत जस्तोसुकै स्मामित्व संरचना वा प्रविधिमा आधारित रहेर यो लक्ष्य हासिल गर्ने उद्देश्य लिएको हो,’ अध्यक्ष झुले भने । चांगानले अटोले हुवावे टेक्नोलोजी र कन्टेपोररी एम्पिरेक्स टेक्नोलोजीसँग संयुक्त रुपमा अवतार विकास गरेको हो । दिपलमा सेन्जेनमा आधारित हुवावेको इन्टेलिजेन्ट ड्राइभिङ टेक्नोलोजी प्रयोग गरिएको छ ।

चांगानले आफ्नो यो वर्षको टेक्नोलोजी इकोसिस्टम कन्फ्ररेन्समा निभो ई०७ सार्वजनिक गरेको थियो । यो कारमा चांगानले आफैं विकास गरेको इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम रहेको छ, जसमा लेभल २ प्लस एसिस्टेड ड्राइभिङ क्षमता रहेको छ । ट्रक र क्याबिनको सम्मीश्रण रहेको निभो ई०७ केही सेकेन्डमै एसयूभीबाट पिकअप ट्रकमा रुपान्तरण हुनसक्छ । आफैंले विकास गरेको इन्टेलिजेन्ट ड्राइभिङ टेक्नोलोजीको क्षमतालाई राम्रो बनाउन चांगान अटोले क्लाउड कम्प्युटिङ पावर क्लस्टर विकास गरेको सिफ ड्राइभिङ टेक्नोलोजी अफिसर टाओ जिले बताए ।

चांगानका सबै भावी हाई एन्ड स्मार्टकारमा पाँच सयभन्दा बढी टेरा अपरेसन पर सेकेन्ड कम्प्युटिङ पावर हुनेछ । चांगानले सन् २०२७ सम्ममा चिनियाँ अटो उद्योगको लिडर बन्ने लक्ष्य लिएको पनि टाओले बताए ।

सम्बन्धित समाचारहरू

चखन्डोल सामुदायिक वनलाई पुनर्स्थापना र पुनर्जीवित राख्न बीवाईडी नेपालको सहकार्य

चखन्डोल सामुदायिक वनलाई पुनर्स्थापना र पुनर्जीवित राख्न बीवाईडी नेपालको सहकार्य

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व जैविक विविधता...

मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न

मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न

काठमाडौं मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी...

अब नेपाली बजारमा आउँदै छ तीन पांग्रे इलेक्ट्रिक सवारी आईट्यांक

अब नेपाली बजारमा आउँदै छ तीन पांग्रे इलेक्ट्रिक सवारी आईट्यांक

काठमाडौं – दुई पांग्रे इलेक्ट्रिक सवारी साधन धमाधम नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...