कानुनी प्रक्रिया पुरा गरेरै कोरला नाकाबाट ईभी भित्रिएको बीवाईडी नेपालको स्पष्टिकरण
काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नै कोरला नाका...
काठमाडौं– लुयानको इलेक्ट्रिक स्कुटर ‘एस९०’ कस्टमाइज्ड भएर आएको छ । नेपाली बजारमा गत असारमा सार्वजनिक भएको यो स्कुटरमा ३ हजार वाट क्षमताको लिक्विड कुल्ड मोटर जडान भएर आएको हो ।
अहिलेको मोडेलमा पावर बढाएर ल्याइएको कम्पनीले जनाएको छ । ‘प्राय इलेक्ट्रिक स्कुटरका मोटरहरु बाहिरको हावाले मात्र चिसिने प्रविधि हुँदा केही कमजोर भएका हुन् । तर, लुयानका हरेक स्कुटरमा लिक्विड कुल्ड मोटर हुने हुँदा यसको तान्ने क्षमता अत्यधिक हुने गर्दछ ।
७२ भोल्ट ३८ एएचको ग्राफिन ब्याट्री भएकाले यसले एकपटकको फुल चार्जमा करिब १०० देखि १२० किलोमिटर सम्म रेन्ज दिने अनुमान गर्न सकिन्छ’ कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।
दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको यस स्कुटरको दुबै चक्का १२ इन्चको छ । साथै यसमा डबल डिस्प्ले क्लस्टर रहेको छ । एनएफसी अनअफ तथा एन्टिथेप्ट अलार्म समेत रहेको स्कुटरलाई ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने प्रविधि रिजेनरेटिभ ब्रेकिङ सिस्टमको साथै व्हिल लक सिस्टम समेत उपलब्ध छ ।
विगत ५ बर्ष देखि नेपाली बजारमा लुयानले आफ्ना स्कुटरहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार लुयानको एमएनके३ मोडलको नेपाली बजारमा करिब १ हजार भन्दा बढी बिक्री भएको छ । अहिले पठाओ जस्ता राइड सेयरिङ कम्पनीमा यो स्कुटर निक्कै प्रयोग भइरहेको पाइन्छ ।
लुयानले अन्य इलेक्ट्रिक स्कुटर भन्दा आफ्ना स्कुटरहरु फरक र गुणस्तरीय भएको दावी गर्दछ । इलेक्ट्रिक स्कुटरहरु पेट्रोल स्कुटर भन्दा कमजोर हुन्छन् भन्ने भ्रमलाई चिर्न सफल भएको कम्पनीको दाबी छ । कम्पनीले काठमाडौं उपत्यकाका ९ स्थानमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नै कोरला नाका...
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षअघि...
पछिल्लो समय सबैभन्दा बढी चर्चामा रहेको विद्युतीय साधन नेपाल भित्रिएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...