मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन, फिचर, इन्जिन र कम बजेटमा माइलेज भएका कार खोजिरहेका हुन्छन् । यदि तपाई पनि कम बजेटको कार खोजीमा हुनुहुन्छ भने, हामी यहाँ कम बजेटका कारको बारेमा जानकारी दिनेछौं, जुन चाँडै नै लन्च हुने सम्भावना छ ।

भारतमा लन्च भए पश्चात यी गाडी नेपाली बजारमा पनि भविष्यमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सुजुकी डिजायर फेसलिफ्ट

मारुती सुजुकी डिजायरको नयाँ मोडल नोभेम्बरमा लन्च हुने अपेक्षा गरिएको छ। डिजायरमा नयाँ फिचर र अपडेट गरिएको इन्टेरियर हुनेछ । यसमा पहिलो पटक सिंगल प्यानल सनरुफ पनि समावेश हुनेछ । यसमा १.२ लिटर ३ सिलिन्डर जेड१२ई इन्जिन हुनेछ, जसले ५७०० आरपीएममा ८० बीएचपी र ४३०० आरपीएममा १११.७ एनएम टर्क जेनेरेट गर्नेछ। सो एसयूभीमा ५ स्पिड म्यानुअल वा ५ स्पिड एएमटी ट्रान्समिसनको विकल्प हुनेछ ।

होन्डा अमेज न्यु जेनेरेसन

होन्डा अमेजले आफ्नो नयाँ पुस्ताको मोडल ल्याउने तयारी गरिरहेको छ । नयाँ अमेजलाई सिटी र एलिभेटको प्लेटफर्ममा पूर्ण रूपमा नयाँ इन्टेरियर र एक्सटेरियरसहित विकास गरिनेछ। यद्यपि होन्डाले नयाँ सेडानका धेरै विवरणहरू खुलाएको छैन, तर यसमा डिजायर जस्तै सनरुफ समावेश हुने अपेक्षा गरिएको छ। अमेजमा ठुलो इन्फोटेनमेन्ट डिस्प्ले र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुनेछ । यसमा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन हुनेछ, जसले ६००० आरपीएममा ८८.५ बीएचपी पावर र ४८०० आरपीएममा ११० एनएम टर्क जेनेरेट गर्नेछ। यसमा ५ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक गरी दुईवटा ट्रान्समिसन विकल्प हुनेछ ।

स्कोडा काइल्याक

स्कोडा काइल्याक कम्पनीको पहिलो सब-४ मिटर एसयूभी हुनेछ । सो एसयूभी नोभेम्बर ६ मा लन्च हुने अपेक्षा गरिएको छ। यो एमक्युबी एओ इन प्लेटफर्ममा निर्माण हुनेछ । यसमा १ लिटर टर्बो पेट्रोल इन्जिन प्रदान गरिने छ, जसले ११४ बीएचपी पावर र १७८ एनएमको टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड म्यानुअल वा ६ स्पिड अटोमेटिक टर्क कन्भर्टर ट्रान्समिसनसँग उपलब्ध हुनेछ ।

महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी

महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी कम्बशन इन्जिनको बराबर इन्जिन हुने सम्भावना छ र यो ४ मिटर भन्दा सानो हुनेछ । थ्रीएक्सओ ईभी इन्ट्री-लेभल ३४.५ किलोवाट ब्याट्री प्याकको साथ आउने अपेक्षा गरिएको छ । यसको अनुमानित रेन्ज ३५९ किलोमिटर हुनेछ ।

किया साइरोस

कियाले आफ्नो अर्को कम्प्याक्ट एसयूभीमा काम गरिरहेको छ । रिपोर्टका अनुसार नयाँ एसयूभीमा पेट्रोल इन्जिन हुनेछ र यसको ईभी संस्करण पनि लन्च गरिनेछ। यसको ड्यासबोर्डमा ट्विन डिजिटल स्क्रिन, सनरुफ, ३६० डिग्री क्यामेरा, अगाडि भेन्टिलेटेड सिट र एडीएएस सीट जस्ता आधुनिक फिचर समावेश हुनेछ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले ल्याउँदै छ अर्को ईभी, देखियो स्पाई सट

बीवाईडीले ल्याउँदै छ अर्को ईभी, देखियो स्पाई सट

चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले अर्को अल–इलेक्ट्रिक सेडान बजारमा...

नयाँ बिद्युतिय कार ‘जेएमईभी जिएसई’ को बिक्री सुरु, यस्तो छ मुल्य र विशेषता

नयाँ बिद्युतिय कार ‘जेएमईभी जिएसई’ को बिक्री सुरु, यस्तो छ मुल्य र विशेषता

काठमाडौं–नेपाली बजारमा अर्को नयाँ चिनियाँ ईभी उपलब्ध भएको छ । चिनियाँ अटो...

पोखरामा ओमोडा ई५ डिलक्स र नेपालकै पहिलो अफरोडर एसयूभी जेको जे६ सार्वजनिक

पोखरामा ओमोडा ई५ डिलक्स र नेपालकै पहिलो अफरोडर एसयूभी जेको जे६ सार्वजनिक

पोखरा । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...