तीन महिनामा भित्रिए २५ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेखिय बृद्धि भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार प्रत्येक महिना ईभी गाडीको आयातले प्राथमिकता पाइरहेको देखाएको हो ।

विभागले चालु आर्थिक वर्ष २०८१/८२ को असोजसम्म विभिन्न ब्रान्डका २५ सय १८ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको बताएको छ । विभागले ५० किलोवाट क्षमताका ईभी ७७२, ५१ देखि १०० किलोवाट क्षमताका १५ सय ८२ र १०१ देखि २०० किलोवाट क्षमताका १५९ वटा गाडीको आयात भएको बताएको छ ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको तीन र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्याङकले देखाएका छ । भन्सार विभागका अनुसार ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो ।

विभागका अनुसार उक्त मूल्यको गाडी आयात हुँदा सरकारले ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नले ईभीको प्रयोग बढ्दै गएको छ । सडक ईभी मय बन्दै जाँदा ईभीको आयात अझै बृद्धि हुने व्यवसायीहरू बताउँदै आएका छन् ।

कुन देशबाट कति भयो आयात ?

नेपालमा ईभी गाडीको उत्पादन नहुँने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबै भन्दा बढी भारत र चीनबाट हुन्छ । यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ३९९ र भारतबाट ३३७ वटा भित्रिएका छन् ।

यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट १२ सय ८ र भारतबाट ३७४ वटा आयात भएको विभागको तथ्याङकले देखाएको हो ।

यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट १५४, जर्मनीबाट ४ र अमेरिकाबाट एक वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट एक वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ । यसका साथै २०१ देखि ३०० किलोवाट क्षमता भएको जर्मनीबाट १ र ३०० भन्दा माथि क्षमता २ वटा ईभी गाडी चीनबाट आयात भएर आएको विभागले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक विद्युतीय सवारीसाधन बढ्दै

सार्वजनिक विद्युतीय सवारीसाधन बढ्दै

काठमाडौं – पछिल्लो समयमा बिपी राजमार्गमा सार्वजनिक विद्युतीय सवारीसाधन...

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८...

प्योर ईभीको नयाँ इलेक्ट्रिक बाइक ईट्रिस्ट नेपालमा : मूल्य ३ लाख ९९ हजार

प्योर ईभीको नयाँ इलेक्ट्रिक बाइक ईट्रिस्ट नेपालमा : मूल्य ३ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा पछिल्लो समयमा नयाँ ब्रान्डका इलेक्ट्रिक बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...