लन्च भयो ७० सेफ्टी फिचर भएको जिप मेरिडियन २०२५ संस्करण

जिपले ७ सिटर एसयूभी सेगमेन्टमा प्रस्ताव गरिएको मेरिडियनको २०२५ संस्करण भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले यसमा पहिलेभन्दा धेरै फिचर दिएको छ । साथै यसलाई लङगिच्युड, लङगिच्युड प्लस, लिमिटेड ओ र ओभरल्यान्ड जस्ता ट्रिममा ल्याइएको छ ।

कम्पनीले यसमा धेरै उत्कृष्ट फिचर उपलब्ध गराएको छ । यसमा १०.२५ इन्चको पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १०.१ इन्चको एचडी टचस्क्रिन मिडिया सेन्टर, बिल्ट-इन नेभिगेसन सिस्टम, वायरलेस मिररिङ, एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस स्मार्टफोन चार्जर, मल्टिपल यूएसबी पोर्ट, जीएसडीपी २.० सहितको यूकनेक्ट सर्भिस, अटोमेटिक एसओएस कल, रिमोट इन्जिन स्टार्ट/स्टप, एलेक्सा होम टु भेइकल, स्मार्ट वाच एक्सटेन्सन, भेइकल हेल्थ रिपोर्ट र ओटीए जस्ता अपडेट गरिएको छ । साथै यसमा प्यानोरामिक सनरुफ, ड्युअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक एडजस्टेबल फ्रन्ट सिट पनि उपलब्ध छ ।

सेफ्टीका लागि पनि यसमा कम्पनीले धेरै फिचर प्रदान गरेको छ । २०२५ जिप मेरिडियनमा १० भन्दा बढी फिचरसहित एडास प्रदान गरिएको छ, जसमा फ्रन्ट राडार, क्यामेरा बेस सिस्टम समावेश छ। साथै यसमा एडेप्टिभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट स्पिड असिस्ट, फुल स्पिड फर्वार्ड कोलिजन वार्निङ, कोलिजन मिटिगेशन ब्रेकिङ, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, ट्राफिक साइन रिकोग्निसन, सराउण्ड भ्यू मोनिटर, स्मार्ट बिम असिस्ट, ब्लाइन्ड स्पट डिटेक्शन र ड्राइभर अटेन्सन अलर्टको साथमा ७० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचर प्रदान गरिएको छ ।

२०२५ जीप मेरिडियनमा २ लिटर क्षमताको इन्जिन छ। जसका कारण यसले १७० हर्स पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । डी-सेगमेन्ट एसयूभीका रूपमा यसले १६.२५ किलोमिटर माइलेज दिन सक्ने कम्पनीको दाबी छ ।

२०२५ जिप मेरिडियनलाई कम्पनीले ७ सिट विकल्पसहितको डी-सेगमेन्ट एसयूभीको रूपमा ल्याएको छ। भारतीय बजारमा यसले टोयोटा फर्च्युनर, एमजी ग्लोस्टर र फक्सवागन टिगुआन जस्ता एसयूभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

चितवन – तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित...

सार्वजनिक हुनुअघि विशेष मूल्यमा ७ सिटर जिप मेरिडियनको बुकिङ खुल्ला, टेस्ट ड्राइभ गर्न सकिने

सार्वजनिक हुनुअघि विशेष मूल्यमा ७ सिटर जिप मेरिडियनको बुकिङ खुल्ला, टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभी...

अनिश्चितकालका लागि बन्द भयो चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी

अनिश्चितकालका लागि बन्द भयो चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी

चितवन- चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...