पहिलो हाई-भोल्टेज इलेक्ट्रिक बाइक लन्च, फुल चार्जमा २०० किमी रेन्ज दिने, ईभी चार्जर प्रयोग गर्न सकिने

इलेक्ट्रिक सवारी साधन स्टार्टअप र्‍याप्टी डट एचभीले भारतमा आफ्नो पहिलो हाई भोल्टेज इलेक्ट्रिक बाइक र्‍याप्टी डट एचभी टी३० लन्च गरेको छ । सो बाइकले फुल चार्जमा २०० किलोमिटरसम्मको दुरी तय गर्न सक्ने कम्पनीको दाबी छ । यसलाई टी३० र टी३० स्पोर्ट गरी दुई भेरिएन्टमा ल्याइएको छ ।

र्‍याप्टी डट एचभी टी३० लाई २५० देखि ३०० सीसीको पेट्रोल बाइकलाई चुनौती दिन डिजाइन गरिएको छ ।  साथै सो इलेक्ट्रिक बाइकले टर्क क्राटस र अल्ट्राभायोलेट एफ७७ म्याच २ जस्ता इलेक्ट्रिक बाइकसँग पनि प्रतिस्पर्धा गर्नेछ । सो बाइकको डेलिभरी जनवरी देखि सुरु हुने अपेक्षा गरिएको छ ।

र्‍याप्टी डट एचभी टी३० को डिजाइनमा शार्प लाइन्स, डायमन्ड आकारको हेडलाइट र स्प्लिट-सिट सेटअप दिइएको छ । बाइकमा ७ इन्चको ब्लुटुथ कनेक्टिभिटी, जीपीएस नेभिगेसन र ओभर-द-एयर अपडेट सपोर्ट गर्ने टचस्क्रिन डिस्प्ले दिइएको छ । बाइक ४ रङमा उपलब्ध छ ।

सो इलेक्ट्रिक बाइकमा २२ किलोवाटको इलेक्ट्रिक मोटर छ, जसले ७० एनएमको टर्क जेनेरेट गर्छ । बाइकले ३.५ सेकेण्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ र यसको टप स्पिड १३५ किमी प्रतिघण्टा छ । यसमा कम्फर्ट, पावर र स्प्रिन्ट गरी तीन वटा सवारी मोड छ । बाइकमा ५.४ किलोवाट क्षमताको ब्याट्री प्याक छ, जसले फुल चार्जमा १५० किलोमिटरको वास्तविक रेन्ज र २०० किलोमिटरको आईडीसी रेन्ज दिन्छ ।

र्‍याप्टी डट एचभी टी३० मा इलेक्ट्रिक कारमा प्रयोग हुने हाई भोल्टेज सीसीएस२ चार्जर प्रयोग गरिएको छ । बाइकको राम्रो राइडिङ अनुभवको लागि यूएसडी फ्रन्ट फोर्क र रियर मोनोशक सस्पेन्सन समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

फर्च्युन ५०० सूचीमा बीवाईडीको महत्वपूर्ण छलाङ, उक्लियो १४३ नम्बरमा

फर्च्युन ५०० सूचीमा बीवाईडीको महत्वपूर्ण छलाङ, उक्लियो १४३ नम्बरमा

विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले...

सीईएस २०२६ मा विश्वको पहिलो सोलिड–स्टेट ब्याट्री बाइक

सीईएस २०२६ मा विश्वको पहिलो सोलिड–स्टेट ब्याट्री बाइक

फिनल्यान्डको इलेक्ट्रिक मोटरसाइकल निर्माता भर्ज मोटरसाइकलले सीईएस २०२६...

जब लुसिड एयर लक्जरी इलेक्ट्रिक कारबाट धुवाँ निस्कन थाल्यो ……

जब लुसिड एयर लक्जरी इलेक्ट्रिक कारबाट धुवाँ निस्कन थाल्यो ……

विश्वमै तीव्र गति र महंगो लक्जरी इलेक्ट्रिक कारको पहिचान कायम गरेको लुसिड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...