कावासाकी ब्रान्डका बाइक अब नेपालमा पनि उपलब्ध हुने, विशाल ग्रुप बन्यो आधिकारिक वितरक

काठमाडौं – कुनै समय नेपाली बजारमा उपलब्ध भएर बन्द भएको कावासाकी ब्रान्ड फेरि नेपाल प्रवेश गर्ने भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा विशाल ग्रुप अन्तर्गतको एक कम्पनीले कार्य गर्नेछ ।

नेपाली बजारमा भित्र्याउनका लागि अन्य घरानाले समेत प्रयास गरिरहेको समयमा विशाल ग्रुप आधिकारिक विक्रेता बन्न सफल भएको हो । करिव एक महिना पहिले नै यस सम्बन्धी निर्णय भएको र नेपालका लागि बिजनेस हेड समेत नियुक्त भइसकेको स्रोतको भनाइ छ ।

यद्यपि यसको औपचारिक जानकारी भने सार्वजनिक भइसकेको छैन । नेपाली बजारमा कावासाकीका कम मूल्यका बाइक डब्ल्यु १७५ स्ट्रिट र निन्जा ३०० लगायतका बाइक उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

क्लासिक डिजाइन सहित मोडर्न इन्जिनियरिङ रहेको रेट्रो–स्टाइलको डब्ल्यु१७५ स्ट्रीट बाइकमा १७७ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ । साथै यसमा अलोय ह्विल र ट्युबलेस टायर लगायतका विभिन्न विशेषता छन् ।

कावासाकी निन्जा ३०० भने सुपर बाइक हो । थ्रिलिङ एक्स्पेरियन्सका लागि यसमा एबीएस, स्लिपर क्लच र लाइटवेट च्यासिस लगायतका विशेषता रहेका छन् ।

कावासाकीको भर्सिस–एक्स ३०० बाइक पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यो एड्भेन्चर टुरिङ बाइक हो ।

नाडा अटो शो भन्दा पहिले नै यी बाइक नेपाली बजारमा सार्वजनिक हुने अनुमान समेत गरिएको थियो ।

विशाल ग्रुपले नेपाली बजारमा धेरै ब्रान्डका सवारी साधनको कारोबार गर्दै आइरहेको छ । सुजुकी मोटरसाइकल पहिले देखि नै यही ग्रुप अन्तर्गतको भीजी अटोमोबाइल्सले कारोबार गरिरहेको छ । त्यसैगरी प्यासेन्जर कार अन्तर्गत फक्सवागन, एमजी, वुलिङ, माज्दा, म्याक्सस, रेनो र जीडब्लुएम ब्रान्डको समेत आधिकारिक बिक्रेता यही ग्रुप हो ।

कोबेल्कोका कन्स्ट्रक्सन इक्विपमेन्ट र एसआरएमका विद्युतीय भ्यान समेत यही ग्रुपले बिक्री–वितरण गरिरहेको छ भने भियतनामी ब्रान्ड भिनफास्ट समेत विशाल ग्रुपले नै नेपाल भित्र्याउने समाचार पहिले नै सार्वजनिक भइसकेको छ ।

सन् २००० ताका सम्म नेपाली बजारमा कावासाकी बाइक पनि बिक्रीका लागि उपलब्ध थिए । भारतमा यी बाइकको उत्पादन बन्द भए पश्चात नेपाली बजारमा पनि यी बाइक उपलब्ध हुन छोडेका थिए ।

सम्बन्धित समाचारहरू

लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

लालबन्दी – सर्लाहीकाे लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने...

बजाज पल्सर बन्यो एनपीएलको ‘टु ह्विलर पार्टनर’, तीन मोटरसाइकल पुरस्कार दिने

बजाज पल्सर बन्यो एनपीएलको ‘टु ह्विलर पार्टनर’, तीन मोटरसाइकल पुरस्कार दिने

काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा...

‘बजाज ग्रान्ड कार्निभल’ शुरु, २० बढी भ्यालुएटर्सबाट उच्चतम भ्यालुएसनका साथ बाइक साट्ने अवसर

‘बजाज ग्रान्ड कार्निभल’ शुरु, २० बढी भ्यालुएटर्सबाट उच्चतम भ्यालुएसनका साथ बाइक साट्ने अवसर

काठमाडौँ – बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...