लङ रेन्ज एमजी जेडएस ईभीको खुल्यो फेरि बुकिङ : पहिले भन्दा मूल्य कति फरक ?
काठमाडौं – नेपाली बजारमा फेरि एमजी जेडएस ईभीको लङ रेन्ज भर्सन पाउन सकिने...
इलेक्ट्रिक भेइकल निर्माता कम्पनी टेस्लाले आफ्नो पहिलो रोबोट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘वि–रोबोट’ इभेन्टमा कम्पनीका सीईओ इलन मस्कले एआई फिचरयुक्त रोबोट्याक्सी सार्वजनिक गरेका हुन् ।
दुई सिटयुक्त सो रोबोट्याक्सीमा स्टेयरिङ ह्विल र पेडल दुवै छैन । सो रोबोट्याक्सी ३० हजार डलर अर्थात करिव ४० लाख रुपैयाँ भन्दा कममा खरिद गर्न सकिने बताइएको छ । मस्कका अनुसार सन् २०२७ भन्दा पहिले नै यसको उत्पादन शुरु हुनेछ ।
साइबरक्याब चलाउनका लागि २० सेन्ट प्रतिमाइल अर्थात १.६ किलोमिटर चलाउँदा करिव २६ रुपैयाँ खर्च हुनेछ । यसलाई चार्ज गर्नका लागि कुनै प्लग आवश्यक पर्नेछैन । यसको अर्थ यसमा वायरलेस चार्जिङको सुविधा उपलब्ध छ । फुल्ली सेल्फ ड्राइभिङ कार भएको कारण यसमा स्टेयरिङ ह्विल वा पेडल नदिइएको हो ।
यसको क्याविन कम्प्याक्ट छ भने यसमा दुई यात्रु बस्न सक्छन् । ड्यासबोर्डमा एक फ्ल्याट स्क्रिन दिइएको छ ।
साइबरक्याबको डिजाइन टेस्लाकै साइबर ट्रकबाट प्रभावित छ । कारको फ्रन्टमा एक पातलो एलईडी लाइट दिइएको छ, जसले डीआरएलको काम गर्छ । यसको दुवै तिर प्रोजेक्टर हेडल्याम्प दिइएको छ । साइडमा भएको बटरफ्लाई विङ डोरले यसको फ्युचरिस्टिक डिजाइनलाई देखाएको मान्न सकिन्छ । यसको पछिल्लो भागमा पनि साइबरट्रकमा जस्तै स्टोरेज क्याविन दिइएको छ ।
मस्कले सेल्फ ड्राइभिङ टेस्ला ट्याक्सीको एक फ्लिट विकास गर्ने योजना समेत बनाएका छन् । यसका मालिकले आफ्नो कारलाई पार्ट टाइम ट्याक्सीको रुपमा पनि विकास गर्न सक्छन् । आफ्नो कारलाई व्यक्तिगत प्रयोजनका लागि उपयोग नगर्ने अवस्थामा यसलाई नेटवर्कको माध्यमबाट ट्याक्सीको रुपमा उपयोग गरी पैसा कमाउन पनि सक्छन् ।
कम्पनीले अर्को अटोनोमस कार ‘रोबोभ्यान’ पनि सार्वजनिक गरेको छ । यसमा २० मानिस यात्रा गर्न सक्छन् । यसमा सामान पनि ओसारपसार गर्न सकिन्छ ।
काठमाडौं – नेपाली बजारमा फेरि एमजी जेडएस ईभीको लङ रेन्ज भर्सन पाउन सकिने...
काठमाडौं – उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन...
के तपाईं कार ड्राइभ गर्न सिक्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कारको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...