सस्तो कारका सर्जक रतन टाटाको निधन

भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन भएको छ । भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका पूर्वअध्यक्ष रतन टाटाको निधन भएको छ । टाटाको मुम्बईस्थित एक अस्पतालमा बुधबार राति ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले भारतले पूँजी वृद्धिलाई देशनिर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने व्यावसाययी गुमाएको बताएकी छन् ।

भारतीय पप्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा एक दुरगामी व्यवसायी र एक असाधारण तथा दयालु व्यक्तिको रुपमा सम्झिएका छन् ।

ुउनले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापारिक घरानालाई स्थिर नेतृत्व प्रदान गरे,ु मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

रतन टाटाको सन् १९३७ डिसेम्बर २८ तारिखमा जन्म भएको थियो । विशेष गरी अटोमोबाइल क्षेत्रमा टाटा मोटर्सको मालिकका रुपमा परिचित भए पनि यति मात्र उनको पहिचान थिएन ।

रतन टाटा १९६२ मा टाटा समूहमा प्रवेश गरे र १९९१ मा टाटा समूहको नेतृत्व सम्हाले। यस समूहको राजस्व ५.९ बिलियन डलर थियो, जुन उनले पुनर्संगठन गरेपछि २०१२ मा १०० बिलियन डलर पुर्याए।

रतन टाटाले १९९१ मा आफ्नो पूर्ववर्ती जे.आर.डी. टाटाको निधनपछि टाटा समूहको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा टाटा समूहले अन्तर्राष्ट्रिय व्यापारमा पनि ठूलो सफलता पायो। टाटा समूहले टेटली टी, ज्यागुअर ल्यान्डरोभर र कोरस ग्रुपजस्ता ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूलाई खरिद गर्न ४१५ बिलियन खर्च ग¥यो।

विशेष गरी सस्तो कारको रुपमा टाटा नानो सन् २००८ मा बजारमा ल्याए पछि यसले निकै नै चर्चा पाएको थियो । एक लाख भारुमै उपलब्ध हुने सो कारले व्यापारिक सफलता भने पाउन सकेन । सस्तो कारको रूपमा सुरु गरिएको टाटा नानो परियोजना विवादमा मुछियो र अन्ततः २०१८ मा यो उत्पादन रोकियो।

यो भन्दा पहिले सन् १९९८ मा टाटा मोटर्सले भारतकै पहिलो स्वदेशी कार टाटा इन्डिका लन्च गरेको थियो । यो रतन टाटाको ड्रिम प्रोजेक्ट थियो । यद्यपि यसले सफलता पाएन र कम्पनी घाटामा समेत चल्यो । त्यसको एक वर्ष पछि नै टाटा मोटर्सले कार कारोबार बिक्री गर्ने फैसला ग¥यो र यसका लागि अमेरिकी कम्पनी फोर्डसँग यस वारेमा डिल गर्ने निर्णय ग¥यो ।

यस सम्बन्धमा फोर्डका चेयरम्यान बिल फोर्डका साथ भएको मिटिङ अहिले पनि चर्चामा छ । बिल फोर्डले रतन टाटालाई भनेका थिए, ‘आफूलाई यस वारेमा केही ज्ञान नै नभएर पनि किन प्यासेन्जर कार डिभिजन शुरु गरेको ?’ फोर्डले टाटालाई सहयोग गर्नका लागि टाटा मोटर्स किन्ने बताएका थिए । यसबाट आफूलाई अपमान महसुस गरेर रतन टाटाले सो कार प्रोडक्सन युनिट बिक्री नगर्ने फैसला गरेका थिए ।

यसको करिव ९ वर्ष पछि परिस्थिति फेरियो । सन् २००८ मा विश्वमा आएको मन्दीका कारण अमेरिकी कम्पनी फोर्ड आफै समस्यामा प¥यो । रतन टाटाले फोर्डका दुई लोकप्रिय ब्रान्ड ज्यागुअर र ल्यान्ड रोभरलाई २.३ बिलियन डलरमा खरिद गरे ।

भारतमा पनि अहिले हालत उस्तै छ । फोर्ड फिर्ता भएको र फेरि आउने चर्चा चलिरहेको छ भने टाटा मोटर्सले राम्रो बजारमा विस्तार गरिरहेको छ ।

नेपालमा पनि टाटा मोटर्सको अहिले राम्रो बजार हिस्सा छ । टाटाका अन्य ब्रान्ड पहिले देखि नै चलिरहेका छन् भने पछिल्लो समयमा टाटा नेक्सन, टियागो र पन्च लगायतका विभिन्न ईभी मोडल धेरैले रुचाएका छन् ।

सम्बन्धित समाचारहरू

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...