दशैं अवधिमा टाटाको फास्ट चार्जिङ सेवा निःशुल्क हुने, सर्भिस सेन्टर पनि खुल्ने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आफ्ना फास्ट डिसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ ।

साथै टाटा मोटर्सले आफ्ना देशभरका सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ।

बिदाको समयमा पनि टाटाका बागडोल र गोगंबुस्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुने छन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ तथा चार्जिङको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।

रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...