बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा पनौतीमा राहत वितरण

सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर १२ स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामग्री राहतस्वरुप वितरण गरेको छ ।

सिप्रदीयन सहायता संस्थाको तर्फबाट संस्थाकी सहअध्यक्ष श्रीमती निलिमा राणा, वरिष्ठ उपाध्यक्ष शम्भु दाहाल, महासचिव राजेश प्रसाद गिरी, सहसचिब शारदा राना, सिप्रदी अटो पाट्र्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी लगायतको उपस्थितिमा सो कार्य सम्पन्न गरिएको हो । ।

सो अवसरमा २०० घरपरिवारलाई राहत स्वरुप प्रतिघर डसना, सिरानी, झुल, तन्ना र कुकर, कराइ, जग, बाल्टिन, पनियो आदि खाना बनाउन प्रयोग हुने सामग्रीे बितरण गरियो । कार्यक्रममा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य र वडाका वडाअध्यक्ष जयराम केसीको पनि उपस्थिति रहेको थियो ।

सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि क्रियाशील रहेको छ । संस्थाको स्थापना सिप्रदी ट्रेडिङ प्रालिद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो ।

सो संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ । साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पु-याउने निष्ठा राखेको छ ।

यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैवी प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पुनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...