लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

काठमाडौं - लिप मोटर इन्टरनेसनलले इलेक्ट्रिक एसयूभी सी१० को पहिलो ब्याच एसिया प्यासिफिकका विभिन्न देशमा बिक्रीका लागि चीनको सांघाईबाट सिपमेन्ट गरेको छ । अत्याधुनिक प्रविधि, अद्वितीय पर्फमेन्स, एफिसियन्सी र रेन्ज सहितको सो एसयूभी टप चाइनिज ईभी स्टार्ट अपमा तेस्रोमा पर्छ । यही सेप्टेम्बर महिनामा सो ब्रान्डका ४ लाख ६० हजार गाडी डेलिभरी गरिएका छन् ।

एसिया प्यासिफिक क्षेत्रमा इलेक्ट्रिक मोबिलिटीको विकास गर्ने लक्ष्यको पहिलो कदमको रुपमा यसलाई लिइएको छ । आगामी तीन वर्ष सम्म प्रत्येक वर्ष कमसेकम एक मोडल बिक्री गर्ने लक्ष्य समेत रहेको कम्पनीको भनाइ छ ।

लिप मोटर सी१० लिप मोटरको पहिलो ग्लोबल प्रोडक्ट हो, जुन ग्लोबल डिजाइन र सेफ्टी स्ट्यान्डर्ड अनुसार बनाइएको छ । लिप मोटर आफैले विकास गरेको लिप ३.० टेक्नोलोजी आर्किटेक्चरमा आधारित सो गाडीमा यो उद्योगकै सबैभन्दा अग्रणी इन्टेलिजेन्ट इलेक्ट्रिक टेक्नोलोजी प्रयोग गरिएका छन् । यसमा सेन्ट्रल इन्टिग्रेटेड इलेक्ट्रोनिक एन्ड इलेक्ट्रिकल आर्किटेक्चर, सेल टु च्यासिस (सीटीसी) टेक्नोलोजी र यसको फ्ल्यागसिप इन्टेलिजेन्ट ककपिट जस्ता फिचर छन् ।

यो गाडीले सिंगल चार्जमा ४२० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ र फाइभ स्टार ई–एनक्याप सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसमा ६९।९ किलोवाट आवरको एलएफपी ब्याट्री छ भने यसले १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । यो गाडीले २०२३ इन्टरनेसनल सीएमएफ डिजाइन अवार्ड पाएको थियो भने हालै फ्रेन्च डिजाइन अवार्डबाट २०२४ गोल्ड अवार्ड र युएस म्युस डिजाइन अवार्डबाट समेत २०२४ गोल्ड अवार्ड नै पाएको छ ।

लिप मोटरको सी१० इलेक्ट्रिक एसयूभी नेपाली बजारमा समेत उपलब्ध हुनेछ । नेपाली बजारमा सांग्रिला मोटर्सले यसको बिक्री वितरण गर्दैछ ।

नेपाली बजारमा यसको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ । दशैं पश्चात यसको डेलिभरी समेत शुरु हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नेपाल आइपुग्यो अवतार ११, छिट्टै लन्च हुने घोषणा, यस्ता छन् ५ विशेष फिचर

नेपाल आइपुग्यो अवतार ११, छिट्टै लन्च हुने घोषणा, यस्ता छन् ५ विशेष फिचर

काठमाडौं – अवतार ब्रान्डको नेपालका लागि आधिकारिक वितरक सीजी इभोलुसनले...

दिपल एस०७ को सफलतापछि नाडामा आउँदै प्रिमियम सेडान दिपल एल०७

दिपल एस०७ को सफलतापछि नाडामा आउँदै प्रिमियम सेडान दिपल एल०७

नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि...

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...