भारतमा हुन्डाई क्रेटाको १० वर्ष पुरा, बिक्रीमा सधैं अब्बल
हुन्डाई मोटर्स इन्डियाको सबैभन्दा सफल मोडल क्रेटा भारतमा उत्पादन हुन...
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई हाईवे एस्योरेन्स : केयर फ्री राइड टु होम’ सञ्चालन गर्ने भएको छ ।
दशैं, तिहार र छठ पर्व मनाउन घर जाने हुन्डाईका ग्राहकको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न असोज २२ देखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म यो सेवा उपलब्ध गराइने भएको हो । यस अभियानअन्तर्गत मुख्य राजमार्गका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइने भएको हो ।
कम्पनीले दक्ष प्राविधिकसहित हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके र कैलाली गरी ९ प्रमुख स्थानमा चेकअप पोइन्ट स्थापना गरेको बताएको छ ।
कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्ने बताइएको छ । विद्युतीय सवारीसाधनका लागि पोर्टेबल डीसी चार्जर पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सन् २०१४ देखि नियमित रूपमा यो अभियान सञ्चालन गर्दै आएको बताएको छ । कम्पनीले यस अभियानलाई विक्रीपछिको सेवाप्रतिको प्रतिबद्धता र समर्पणको प्रमाण भनेको छ ।
हुन्डाई मोटर्स इन्डियाको सबैभन्दा सफल मोडल क्रेटा भारतमा उत्पादन हुन...
हुन्डाईले क्रेटाको फेसलिफ्ट इन्डोनेसियाली कार बजारमा सार्वजनिक गर्ने...
देशभर पानी परेर विभिन्न समस्या सिर्जना भएको छ । लामो समय देखि परेको पानी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...