कियाले एमपीभी सेगमेन्टमा मास मार्केटको लागि नयाँ इलेक्ट्रिक कार ल्याउने

किया मोटर्सले अक्टोबर २०२४ मा प्रिमियम इलेक्ट्रिक एसयूभी किया ईभी९ भारतमा लन्च गरेको थियो । मिडिया रिपोर्टका अनुसार कम्पनीले चाँडै नै नयाँ ईभी ल्याइने जानकारी दिएको छ ।

रिपोर्टका अनुसार किया मोटर्सले अर्को वर्षसम्ममा मास मार्केट बजारका लागि नयाँ इलेक्ट्रिक कार ल्याउने तयारी गरिरहेको छ । कम्पनीले सो ईभीलाई एमपीभी सेगमेन्टमा ल्याउने भएको छ, जुन हालको किया केरेन्स जस्तै हुन सक्छ ।  यसलाई साइरोस नाम अन्तर्गत ल्याउन सकिनेछ ।

नयाँ ईभीको डिजाइनमा हालको आइसीई भर्सन करेन्सको तुलनामा धेरै ठुलो परिवर्तन गर्न सक्ने सम्भावना छ । जसका कारण यो अहिलेको करेन्सको तुलनामा पूर्णतया नयाँ गाडी जस्तै हुनेछ । नयाँ ईभीमा अगाडिको ग्रिल बन्द गर्न सक्नेछ । यसका साथै अगाडि र पछाडि बम्परसँगै विभिन्न डिजाइनका अलोय ह्विल पनि ल्याउन सकिन्छ ।

नयाँ इलेक्ट्रिक एमपीभीमा कम्पनीले उत्कृष्ट फिचर प्रदान गर्न सकिन्छ । यसमा एलईडी लाइट, कनेक्टेड लाइट, एलईडी डीआरएलका साथै पानोरामिक सनरुफ, ठुलो इन्फोटेनमेन्ट सिस्टम, वायरलेस कार प्ले, एन्ड्रोइड अटो, एम्बियन्ट लाइट, भेन्टिलेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, रियर एसी भेन्ट्स जस्ता फिचर उपलब्ध गराइनेछ । साथै सेफ्टीका लागि एबीएस, ईबीडी, ब्रेक असिस्ट, एडीएएस जस्ता फिचर उपलब्ध गराइनेछ ।

रिपोर्टका अनुसार कम्पनीले मास मार्केट ईभी अर्को वर्षको मध्यसम्ममा ल्याउन सक्नेछ । सो एसयूभी जनवरीमा हुने भारत मोबिलिटीमा पनि प्रदर्शन गर्न सक्नेछ ।  यसले एक पटक चार्जमा करिब ५०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ र लन्चिङ पछि यसको मूल्य लगभग २० लाख भारु हुनेछ ।

सम्बन्धित समाचारहरू

ओलाले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक स्कुटर लन्च गर्दै

ओलाले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक स्कुटर लन्च गर्दै

सेप्टेम्बरमा इलेक्ट्रिक टु ह्विलर सेग्मेन्टमा नम्बर १ स्थानमा रहन सफल ओला...

भारतमा २ महिनामा ५० हजारभन्दा बढी किया क्यारेन्स बुकिङ, नेपालमा प्रतीक्षा

भारतमा २ महिनामा ५० हजारभन्दा बढी किया क्यारेन्स बुकिङ, नेपालमा प्रतीक्षा

किया इन्डियाले फरवरी १५ मा नयाँ किया क्यारेन्स भारतमा लन्च गरेको थियो र...

अपडेटेड किया सेल्टोसको ग्लोबल डेब्यु, यस्ता केही फिचर सार्वजनिक

अपडेटेड किया सेल्टोसको ग्लोबल डेब्यु, यस्ता केही फिचर सार्वजनिक

किया मोटर्सले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसमा पुनः अपडेट गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...