नासा नेपालको साधारण सभा सम्पन्न, प्रदेश संघ वागमतीले पायो एक्टिभ अवार्ड
काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को दशौ वार्षिक साधारण...
काठमाडौं – ई–स्पोर्ट्स अन्तर्गत नेपाल सिम रेसिङ सिरिज गत बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसनको इ–स्पोर्ट्स कमिसनले ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (इशान) को सहकार्यमा नेपालमैं पहिलो इभेन्ट आयोजना गरेको हो ।
सो सिरिजमा नासा नेपालका लाइसेन्स प्राप्त ड्राइभरहरुको बौद्धस्थित सिम रेसिङ बाई हुवोमामा सहभागिता रहेको थियो ।
विज्ञान र प्रविधिको विकाससँगै संसारमा अन्य खेलकुद सरह मनोरञ्ंजन दिने भर्चुअल रेसिङ विश्वमैं युवाहरु माझ निकै लोकप्रिय बन्दै गइरहेको छ । यसममा टिभीको स्क्रिनबाट सिमुलेटरमा बसेर खेलाडीहरुले भर्चुअल रुपमा गाडी कुदाउँने गर्दछन् र स्वयंले वास्तविक रुपमैं गाडी कुदाएको अनुभव गर्दछन् ।
सबै सहभागीहरुको उत्कृष्ट प्रस्तुति रहेको सो रेसिङका सहभागीहरुमध्ये निमन शाक्य प्रथम तथा विप्लक श्रेष्ठ र पियुष गजुरेल क्रमश: दोस्रो र तेस्रो हुन सफल भएका थिए ।

सो प्रतियोगिताका विजयी तथा सहभागीहरुलाई राखेपका कार्यकारी सदस्य एकेन्द्र कुँवर, ई–स्पोर्ट्स एसोसिएसन नेपाल (इशान) का अध्यक्ष अञ्जन धमला, उपाध्यक्ष हिम विक्रम केसी तथा नासा नेपाल स्पोर्ट्स कमिसनका पदाधिकारीहरुले खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरेर हौसला दिदैं आगामी दिनहरुमा यस खेलको आकर्षण र लोकप्रियता बारे प्रकाश पारेका थिए ।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द प्रसाद भट्टराईले विजेता खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्लेटफर्ममा समेत सहभागिताको अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाए । इभेन्टका संयोजक अंकित भण्डारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।
इभेन्टमा नासा नेपालका मार्सल एण्ड ट्रेनिङ कमिसनका संयोजक यदुराज लामिछाने, सचिव आशिष रौनियार र जय मास्केले खेलाडीहरुलाई सोही खेल सम्बन्धी ओरिएन्टेसन समेत दिएका थिए भने मूल्यांकनमा ई–स्पोर्ट्सका अन्तर्राष्ट्रिय रेफ्री क्षितिज श्रैष्ठ थिए ।
काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को दशौ वार्षिक साधारण...
काठमाडौं – जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स...
सुर्खेत – भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयद्वारा गठित रोड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...