बाइकलाई नरोकिकन कति समयसम्म चलाउन सकिन्छ, जान्नुहोस्

बाइक चलाउँदा हरेक यात्रुको दिमागमा यो प्रश्न अवश्य आउँछ कि कति समयसम्म लगातार बाइक चलाउने हो । विज्ञहरूका अनुसार यसमा बाइकको क्षमता, इन्जिनको प्रकार र सडकको अवस्थाका निर्भर हुन्छ । लामो समयसम्म लगातार बाइक चलाउँदा थकित नहुनु महत्त्वपूर्ण छ र सुरक्षाको दृष्टिकोणले बिचमा ब्रेक लिनु धेरै महत्त्वपूर्ण छ।

बाइक कति समयसम्म निरन्तर चलाउने भन्ने कुरा धेरै हदसम्म बाइकको चालक र इन्जिनमा भर पर्छ। तर, साधारण १०० देखि १२५ सीसी सम्मका बाइक लगातार ५०/६० किलोमिटरभन्दा बढी चलाउनु हुँदैन ।

यस प्रकारको बाइकलाई १ घण्टासम्म ननस्टप चलाएपछि इन्जिन चिसो होस् र यसमा धेरै दबाब नपरोस् भनेर १०–१५ मिनेटको ब्रेक लिनुपर्छ । यसबाट बाइकको माइलेज पनि राम्रो रहन्छ र चालकलाई थकान पनि लाग्दैन ।

१५० सीसी वा सोभन्दा माथिको बाइक लगातार १०० किलोमिटरसम्म चलाउन सकिन्छ । त्यसपछि १० मिनेटको ब्रेक लिनु पर्छ ।

यदि ४०० वा ५०० किलोमिटर लामो यात्राको योजना गर्दै हुनुहुन्छ भने, प्रत्येक १०० किलोमिटर यात्रा दूरी पछि १५ मिनेटको ब्रेक लिनुपर्छ । यस अवधिमा चालक रिफ्रेश हुन्छ र बाइकले पनि केही आराम पाउँछ, जसका कारण लामो यात्रा पनि इन्जिनको परफर्मेन्स राम्रो रहन्छ ।

सम्बन्धित समाचारहरू

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६...

नयाँ डर्ट बाइक ल्याउदै अप्रिलिया, वेबसाइटमा सूचीबद्ध, चाँडै लन्च हुने संकेत

नयाँ डर्ट बाइक ल्याउदै अप्रिलिया, वेबसाइटमा सूचीबद्ध, चाँडै लन्च हुने संकेत

आरएस ४५७ को लन्च पछि अप्रिलियाले भारतीय बजारमा अप्रिलिया टुआरेग ६६० बाइक...

अब नेपालको ड्युअल–स्पोर्ट मोटरसाइकल बजारमा प्रवेश गर्दै सीएफमोटो, लन्च हुँदै नयाँ मोटरसाइकल

अब नेपालको ड्युअल–स्पोर्ट मोटरसाइकल बजारमा प्रवेश गर्दै सीएफमोटो, लन्च हुँदै नयाँ मोटरसाइकल

काठमाडौं – सीएफमोटो समेत नेपालको लाइटवेट ड्युअल–स्पोर्ट मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...