सामान ढुवानीका लागि उपयुक्त टाटा एस ईभीका दुई नयाँ भेरिएन्ट नेपालमा
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस...
कुनै समय २४ वटा गाडीमा एउटै इन्जिन प्रयोग गरिएको थियो । जब भारतमा साना डिजेल ह्याचब्याक कार धेरै लोकप्रिय थिए । ती सबै गाडीमा एउटै इन्जिन प्रयोग गरिएको थियो, जसको कारण यसलाई "नेसनल डिजेल इन्जिन" भनिएको थियो ।
फिएटको १.३ लिटर मल्टिजेट डिजेल इन्जिन भारतीय अटोमोबाइल बजारमा क्रान्तिकारी परिवर्तनका लागि परिचित छ। सन् २००० को दशकमा भारतमा ल्याइएको सो इन्जिन उत्कृष्ट माइलेज, दमदार परफर्मेन्स र कम मर्मत खर्चका कारण मध्यम वर्गका ग्राहकहरूमाझ निकै लोकप्रिय भएको थियो । सो इन्जिन कार निर्माताहरूको प्रमुख रोजाइ बन्न पुगेको थियो ।
फिएटले सन् २००० मा भारतमा पहिलो पटक १.३ लिटर मल्टिजेट इन्जिन ल्याएको थियो, तर यो फिएट गाडीमा मात्र सीमित थिएन। सो इन्जिन टाटा र मारुती सुजुकी जस्ता कम्पनीका साथै प्रिमियर जस्ता दिग्गज कम्पनीका कारमा पनि प्रयोग गरिएको थियो ।
टाटाका लोकप्रिय कार टाटा इन्डिका र टाटा इन्डिगोका साथै मारुतीका बेस्ट सेलर कारहरू स्विफ्ट, डिजायर र रिट्जमा पनि सो इन्जिनको प्रयोग भएको थियो । साथै शेभरोलेटले पनि भारतमा आफ्ना मोडलमा यो इन्जिन प्रयोग गरिरहेको थियो। समग्रमा यो इन्जिन त्यतिबेला २४ वटा मोडलमा प्रयोग भइरहेको थियो । मारुतीले आफ्नो २५ प्रतिशत मोडलमा सो इन्जिन प्रयोग गरिरहेको थियो ।
सो इन्जिनको उत्कृष्ट माइलेज र उत्कृष्ट परफर्मेन्सका लागि परिचित थियो । सामान्यतया सो इन्जिनले प्रति लिटर २० देखि २४ किलोमिटरको माइलेज दिन्छ, जुन त्यस बेला भारतीय बजारमा महत्त्वपूर्ण आकर्षण थियो । यसको कम मर्मत लागत र लामो समयसम्म चल्ने विश्वसनीयताले यसलाई धेरै ग्राहकहरूको पहिलो रोजाइ बनाएको थियो ।
सन् २०१७ मा भारत सरकारले बीएस४ उत्सर्जन मापदण्ड लागू गरे पछि पनि सो इन्जिनले आफ्नो लोकप्रियता कायम राख्न सफल भएको थियो । तर, २०२० मा बीएस६ उत्सर्जन मापदण्ड लागू भएपछि भने फिएटले सो इन्जिनलाई अपडेट नगर्ने निर्णय गर्यो । यसको मुख्य कारण थियो यो इन्जिनलाई बीएस६ उत्सर्जनमा अपडेट गर्नु निकै महँगो थियो । जसका कारण सो इन्जिन सदाका लागि बन्द भयो ।
यससँगै मारुती र टाटा जस्ता कम्पनीले पनि सो इन्जिन प्रयोग गर्न बन्द गरेका छन् । तर, यो इन्जिनले आफ्नो समयमा भारतीय अटोमोबाइल उद्योगलाई नयाँ दिशा दिएको छ र डिजेल कारतर्फ ग्राहकको झुकाव बढाएको छ ।
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस...
काठमाडौं–नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पु-याउँदै...
टाटा मोटर्सको सबैभन्दा लोकप्रिय सब फोर मिटर कम्प्याक्ट एसयूभी नेक्सनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...