भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने
चितवन – भरतपुर महानगरपालिका भित्रका सार्वजनिक यातायात सुधारका लागि...
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (इशान) सँगको सहकार्यमा आगामी बिहीबार नेपाल सिम रेसिङ सिरिज आयोजना गर्ने भएको छ । नासा नेपालको ई–स्पोर्ट्स लाइसेन्स प्राप्त खेलाडीहरुले भाग लिने सो सिरिज काठमाडौंको बौद्धस्थित सिम रेसिङ बाई हुवोमामा आयोजना हुनेछ ।
सो सिरिजमा खेलाडीहरुले सिमुलेटरमा बसेर टेलिभिजन जस्तै स्क्रिनमा भर्चुअल रुपमा गाडी कुदाउने छन् । यसरी गाडी कुदाउदा खेलाडीहरुमा वास्तविक गाडी कुदाएको अनुभव हुनेछ ।
सो खेलमा न्यूनतम १६ खेलाडीले भाग लिन सक्नेछन् । खेलाडीहरुको रजिस्ट्रेसन पश्चात नकआउटका आधारमा विजेता घोषणा गरिने छ । विजेताहरुलाई निकट भविष्यमा मलेसिया लगायत विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराइने छ ।
सो प्रतियोगितामा भाग लिन चाहने खेलाडीहरुले आवश्यक फारम भर्नु पर्नेछ ।
नासा नेपालले लामो समय देखि मोटर स्पोर्ट्स इभेन्ट आयोजना गर्दै आएकोमा अब भने ई–स्पोर्ट्सको समेत आयोजना गर्न लागेको हो । यसको सम्पूर्ण तयारी पुरा भएको र धेरै ई–स्पोर्ट्स प्रेमीहरुलाई सहभागी गराउने उद्देश्यका साथ कार्य भइरहेको इभेन्ट संयोजक अंकित भण्डारीले बताए ।
संसारकै युवाहरु बिच अत्यन्तै लोकप्रिय बनेको मोटर स्पोर्ट्समा अर्को नयाँ विधा सिम रेसिङ थपिएको छ । सिम रेसिङ अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) तथा यससँग आवद्ध नेपालको संस्था नासा नेपालको आधिकारिक इभेन्टको रुपमा प्रवेश गरेको छ ।
गत वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सिंगापुरमा यसको अन्तर्राष्ट्रिय इभेन्ट समेत आयोजना गरिसकेकोले आगामी दिनमा यो खेलको महत्व अझै बढेर जाने भएकाले नेपालमा समेत यसको तयारी भइरहेको ई–स्पोर्ट्सका अन्तर्राष्ट्रिय रेफ्री क्षितिज श्रेष्ठले बताए ।
चितवन – भरतपुर महानगरपालिका भित्रका सार्वजनिक यातायात सुधारका लागि...
काठमाडौं – ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण आगामी चैत १९ गतेदेखि...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सदस्य, खेलाडी,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...