भारतमा टाटा नेक्सन ईभीमा ५ लाख सम्म छुट
टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी नेक्सनमा भारी छुट योजना...
काठमाडौँ - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशव्यापी आइपरेको बाढी पहिरो तथा डुवानका घटनाबाट क्षति पुगेका टाटा प्यासेन्जर गाडीहरूमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।
यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन् । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पुर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कुरा कम्पनीले जानकारी गराएको छ ।
यस दुःखद घडीमा ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो । यस सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।
चाडपर्वको अवसरमा टाटाका ग्राहकहरूलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखि यस बिशेष आपलकालिन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस बिभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी गराए ।
टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी नेक्सनमा भारी छुट योजना...
काठमाडौं – सिप्रदी अटोपार्ट्स प्रालि र टाटा मोटर्स लिमिटडको आयोजनामा...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...