टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

काठमाडौं – सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस् भन्ने उदेश्यले सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प संचालन गरेको छ ।

गोगंबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसहरुको बम्पर टु बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरि सुलभ मूल्यमा गाडीको मर्मत सम्भार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ ।

चाडवाडको बेला हाइवेमा अचानक आई पर्न सक्ने समस्याहरुको समाधानको लागि पनि २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा मार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स सेवाको साथमा सम्पूर्ण सर्भिस सेन्टरहरु पनि खुल्ला राखि सर्भिस तथा मर्मत संभार सम्बन्धी पूर्ण सेवा उपलब्ध गराउने व्यवस्था कम्पनिले गरेको बताएको छ ।

यसका साथै असोज २२ गते सम्मका लागि सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा टाटा कमर्सियल गाडीहरुको लागि शुभकामना सर्भिस क्याम्पको आयोजना पनि गरिएको छ । त्यस अवधिमा टाटा जेन्युइन पार्ट्स, लुब्रिकेन्ट्स तथा लेवर चार्जहरुमा १५ प्रतिशत देखि ५० प्रतिशत सम्मको छुट सुविधा प्राप्त गर्ने अवसर सिप्रदीले प्रदान गरेको छ ।

यस अवधिमा देशभरि बाट ५ हजार भन्दा बढी गाडीहरुको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको बताएको छ ।

नेपालीहरुको माहन चाडपर्वहरु नजिकिदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।

यही तथ्यलाई मनन गरी यस प्रकारको सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

टाटा ईभीको बिक्री २ लाख ५० हजार नाघ्यो

टाटा ईभीको बिक्री २ लाख ५० हजार नाघ्यो

टाटा मोटर्सको ईभी बिक्रीले २ लाख ५० हजार युनिटको माइलस्टोन पार गरेको छ ।...

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा, यस्ता छन् सुविधा

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा, यस्ता छन् सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

टाटा अल्ट्रोज अब अटोमेटिक भेरियन्टमा पनि

टाटा अल्ट्रोज अब अटोमेटिक भेरियन्टमा पनि

यसअघि म्यनुअल ट्रान्समिसनमा मात्र उपलब्ध अल्ट्रोजलाई टाटा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...